काठमाडौं–परोपकारी संस्था नेपाल रेडक्रसमा सोसाइटीमा औपचारिक रुपमा पार्टीगत विभाजन देखिएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आस्था राख्नेहरुले आफ्नो पक्षको छुट्टै भेला गरेका हुन्। नेपाल रेडक्रममा आवद्ध कांग्रेस पक्षधरले बिहीबार भक्तपुरमा भेला गरेको हो। वागमती प्रदेश स्तरीय कार्याशाला गरिएको हो। ‘नेपाल रेडक्रसको वर्तमान अवस्था र नेपाली कांग्रेस पक्षीय नेरेसो केन्द्रीय तदर्थ समिति, जिल्ला शाखाका पदाधिकारी सदस्यहरुको भूमिका’ विषयक कार्याशाला गरिएको हो।
कार्याशालामा छलफलका लागि पाँच एजेण्डा तय गरिएको थियो। गत साउन १२ मा सरकारले गठन गरेको तदर्थ समितिको कार्य समिक्षा, माघ मसान्तभित्र भ्याद समाप्त हुने नेपाल रेडकस सोसाइटीका जिल्ला शाखाहरु निर्वाचन,केन्द्रीय तदर्थ समिति तयार गरेको कार्य योजना, विधान संशोधन कार्यहरु र विधान अधिवेशन सम्बन्धमा कार्यादेश, वैधानिकता र कानूनी प्रश्नका बारेमा छलफल भएको बताइएको छ। साथै, संस्थाको मूल्य मान्यता कायम राख्न न्यायिक निरुपणका सन्दर्भमा समेत छलफल भएको थियो। केन्द्रीय तदर्थ समितिमा रहेका कांग्रेस पक्षधर पदाधिकारी तथा सदस्यले पार्टीको निर्देशनसहित रेडक्रसमा भुमिका खेल्ने बारेमा छलफल भएको थियो।
स्वयंसेवी संस्थामा आवद्ध कांग्रेस निकटको कार्यशालामा कांग्रेस निकटका अन्य व्यक्ति पनि सहभागी भएको बताइएको छ। कार्यशालामा बागमती प्रदेशअन्तर्गतका कांगेस पक्षीय जिल्ला शाखाका प्रतिनिधि, प्रदेश समितिका प्रतिनिधि,कांगेस पक्षीय केन्द्रीय तदर्थ समितिका पदाधिकारी र सदस्य सहभागी थिए। कार्यशाला भक्तपुर पाटी प्यालेस सूर्यविनायकमा भएको थियो। बिहान ८ बजेदेखि सुरु भएको कार्यशाला विभिन्न सेसनसहित ३ बजे सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।