काठमाडौं- नेपाली सेफ सन्तोष साह मास्टरसेफ युकेको उत्कृष्ट तीनमै सिमित भएका छन्। उत्कृष्ट तीनमा पर्दै नेपालीहरु माझ समेत चर्चित बनेका उनले अन्तिम स्पर्धामा भने आफूले सोचेजस्तो पकवान पस्किन नसकेको बताएका छन्।
यसवर्षकोको मास्टरसेफको उपाधि एलेक्स वेबले जितेका छन्। उत्कृष्ट तीनमा चित्त बुझाउन सफल सन्तोषले उपाधि नजितेपछि नेपालीहरुको मन जितेकोमा खुशी रहेको बताएका छन्।
नेपालको सिरहाका उनले बिबिसीसँग भनेका छन्, 'ट्रफी प्राप्त गर्नु मात्रै विजयी हुनु होइन। मैले नेपाली र निर्णायकको मन जितेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।