काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) उखु किसानको बक्यौता ७ दिनभित्र उपलब्ध गराउन सरकारलाई उद्योग समितिको निर्देशन, देशभरका श्रमिकले पारिश्रमिक पाए नपाएको अनुगमन र कारबाहीसहितको प्रतिवेदन पेश गर्न श्रम मन्त्रालयलाई १५ दिनको समय ।
२) नेपालमा थप ६ कोरोना संक्रमितको मृत्यु, १ हजार ७४९ पुगे मृतक, काठमाडौं उपत्यकामा ३६३ सहित ७७६ जनामा संक्रमण, २ लाख ५१ हजार ६९२ पुगे संक्रमित ।
३) श्रीमा र अरेटी कम्पनीले टेस्लाको आधिकारिक बिक्रेता कम्पनी भनेर दाबी गरेको हङकङको साउथ चाइना एक्जिम कम्पनी नेपालीकै, वाणिज्य विभागदेखि भन्सार हुँदै अर्थमन्त्रालयसम्म गुमराहमा ।
४) चीनको चाङ्ग–अ फाइभ अन्तरिक्ष यान चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वीमा फर्कियो, अहिले ल्याइएका नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्ने ।
५) र, श्रीलंकालाई सन् १९९६ मा प्रशिक्षकको रुपमा विश्वकप क्रिकेटको उपाधि जिताएका डेभ वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त, वाटमोरसँग एक वर्षको सम्झौता ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।