काठमाडौं- लालबकैया नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियारले उनीहरुसँग ९६ लाख ६४ हजार २ सय ९६ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले विशेष अदालतमा आयोजना प्रमुख श्रीवास्तव, पाण्डवप्रसाद देव, ङबाङ क्षोदेन शेर्पा, शिवजी सापकोटा र बैकुण्ठप्रसाद भण्डारीलाई आयोगले भ्रष्टाचार मुद्दा दायर भएको हो।
समयमा ठेक्का सम्पन्न गर्न नसकेको भन्ने उजुरी अनुसन्धान हुँदा बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परवानीपुर बाराका आयोजना प्रमुख श्रीवास्तवले निर्माणमा प्रयोग भएको ग्याबिन तारको गुणस्तर परीक्षण गरी प्रयोग गर्नुपर्नेमा परीक्षण नै नगरी प्रयोग भएको पाइएको थियो।
ग्याबिन तारलाई स्वीकृत स्पेसिफिकेसन बमोजिम गुणस्तरयुक्त भएको हो भनी अन्तिम बिल र कार्यसम्पन्न प्रतिवेदन प्रमाणित गरी भुक्तानी उनले गरेको अख्तियारको आरोपमा उल्लेख छ।
इन्जिनियर पाण्डव प्रसाद देवले निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्याबिन तारलाई स्वीकृत स्पेसिफिकेसन बमोजिम गुणस्तरयुक्त भएको भनी अन्तिम बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीको लागि सिफारिस गरी नेपाल सरकारलाई हानि नोक्सानी पुर्याएको आरोपपत्रमा उल्लेख छ।
निर्माण व्यवसायी थोदुङ्गर अजम्बर शिवराम जेभी नयाँबानेश्वर काठमाडौंबाट भएको गुणस्तरहीन निर्माण कार्यलाई निर्धारित गुणस्तर तथा मापदण्ड बमोजिम भएको भनी भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले उनीहरु सबैलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र ९६ लाख बिगो असुल हुुनपर्ने दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।