काठमाडौं–प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंसिर २९ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका ४ स्थित कागवेनीमा २१२ औं शाखा खोलेको हो। बैंकको कागबेनी शाखा कार्यालयको उद्घाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गरेका थिए।
त्यसअवसरमा गुरुङले प्रभु बैंकले बैंकले बैंकिङ पहुँच नपुगेका ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए। उनले यसले समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना दिए।
बैंकले कागबेनी शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकाले स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।