काठमाडौं-सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको ३२६ औ सञ्चालक समितिको बैठकले ४५ करोड ६ लाख रुपैयाँको बोनस शेयर र कर प्रयोजनसहित १९ करोड ३१ लाख रुपैयाँ नगद लाभांशको प्रस्ताव गरेको हो।
बैंकले सोमबार विहान गरेको लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ। राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकले साधारणसभाका लागि शेयरधनीहरुलाई बोलाउने छ।
साधारणसभाले प्रस्तावित लाभांश परित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन्। हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।