काठमाडौं-ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ। संस्थाले २७.४७ प्रतिशत बोनस शेयर र बोनस शेयरमा कर प्रयोजनका लागि १.४५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो।
संस्थाले गत वर्ष १७.५ प्रतिशत बोनस शेयर दिएको थियो। हाल संस्थाको चुक्ता पुँजी २५ करोड ९५ लाख रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयरपछि संस्थाको चुक्ता पुँजी ३३ करोड ७ लाख रुपैयाँ पुग्नेछ।
संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनु पर्नेछ। राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभा बोलाउन सक्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।