काठमाडौं-साधना लघुवित्त वित्तीय संस्थाले पहिलो पटक लाभांश घोषणा गरेको छ। संस्थाले १९ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो। गत असारमा प्राथमिक शेयर निष्काशन गरेको संस्थाले लाभांश दिने भएको हो।
संस्थाको हालको चुक्ता पुँजी २ करोड १७ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ६ करोड १२ लाख रुपैयाँ रहेको संस्थाको प्रतिशेयर आम्दानी १८ रुपैयाँ रहेको छ। संस्थाले नाफासहित जगेडा कोषबाट पुँजी बढाउन बोनस शेयरको प्रस्ताव गरेको हो। बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पुँजी २ करोड ६० लाख रुपैयाँ पुग्नेछ।
संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुने बित्तिकै साधारणसभा बोलाउन सक्ने छ। साधारणसभाले प्रस्तावित लाभांश पारित गरेसँगै शेयरधनीले प्राप्त गर्न सक्ने छन्। हाल दोस्रो बजारमा संस्था शेयर मूल्य ११४२ रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।