काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानद्वारा फेरि आन्दोलन शुरु, सरकारले आफुहरुलाई पैसा नदिलाए कडा आन्दोलन गर्ने चेतावनी, यसपटक किसानको पुरै पैसा नपाउँदा सम्म आन्दोलन नरोक्ने दाबी
२) थप ९ कोरोना संक्रमितको मृत्यु, १ हजार ६९८ पुगे मृतक, काठमाडौं उपत्यकामा ३४८ सहित ८३० जनामा संक्रमण, २ लाख ४८ हजार ४२३ पुगे संक्रमित।
३) केही दिन घटेपछि पुनः सुधारिन थाल्यो सेयर बजार, साताको पहिलो दिन नेप्से सूचक ४६ दशमलव ४३ अंकले बढ्यो, ४ अर्ब ८९ करोड रुपैयाँको कारोबार
४) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार गर्नुको साथै गोली चल्यो, वासिङ्टन डिसीमा चार जना व्यक्तिमाथि छुरा प्रहार
५) र, विश्वकप फुटबल छनोटको तयारी स्वरुप अखिल नेपाल फुटबल संघले सुरु ग¥यो राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण, ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।