काठमाडौं-ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रर्बद्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालका तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका हुन्।
सम्झौतापश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रुपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान गर्नेछ।
आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो। यो संस्था आफ्ना सदस्यहरुको वृत्ति विकासका साथै पेशागत हकहितका लागि कार्यरत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।