काठमाडौं–मर्चेन्ट बैंकहरुको छाता संगठन मर्चेन्ट बैंकर एसोसिएसनको अध्यक्षमा मेखबहादुर थापा निर्वाचित भएका छन्।
संगठनको नयाँ कार्यसमितिको उपाध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा पारसमणि ढकाल तथा कोषाध्यक्षमा रमेन्द्र रायमाझी निर्वाचित भएका छन्। सदस्यहरुमा क्रमशः दिपेश बैद्य, नारायणप्रसाद घिमिरे र रोशनी भारती निर्वाचित भएका छन्।
थापा एनआईविएल एस क्यापिटलका महाप्रवन्धक हुन्। उपाध्यक्ष श्रेष्ठ सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत हुन्। महासचिव ढकाल ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत हुन्। नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकहरुको कार्य गर्न ३० वटा मर्चेन्ट बैंंकले अनुमति लिएका छन्।
यसअघि एसोसिएसनको अध्यक्षमा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना थिए। उनको कार्यकाल सकिएसँगै नयाँ कार्यसमिति चयन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।