काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) १५ वर्षमाथिका ७२ प्रतिशत नागरिकलाई कोभिड भ्याक्सिन दिने योजना बनाउँदै सरकार, नेपालमा खोप ल्याउन करिब ४८ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान
२) नेपालमा थप १५ कोरोना संक्रमितको मृत्यु, १ हजार ६८९ पुगे मृतक, काठमाडौं उपत्यकामा ४८२ सहित ८९९ जनामा संक्रमण, २ लाख ४७ हजार ५९३ पुगे संक्रमित
३) गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ग्राउन्डह्यान्डलिङको जिम्मा नेपाल एयरलाइन्सलाई, विमानस्थल प्राधिकरण आफैंले सञ्चालन गर्ने भएपछि पहिले गरिएको ग्राउन्डह्यान्डलिङको टेन्डर रद्द
४) चुनावी नतिजा उल्ट्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास फेरि असफल, चार राज्यको मुद्दामा प्रमाण नपुग्ने भन्दै एकै पटक खारेज
५) र, एउटै प्रकृतिका संघहरुलाई एउटै संस्था बनाएर खेलकुदको विकासमा भूमिका निर्वाह गर्न निर्देशन, अन्तरिक विवादमा रहेका संघ पनि यथाशीघ्र विवाद सामाधान गरी संघको ऐनअनुसार कार्यान्वयनमा आउनुपर्ने
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।