• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बहसमा खेलाडीको समान तलब, कति पर्याप्त? 

64x64
सराेज तामाङ शुक्रबार, मंसिर २६, २०७७  १५:३७
1140x725

काठमाडौं- तीन महिनाअघि बेलायतमा महिला फुटबल खेलाडीले पुरुषसरह पारिश्रमिक पाउने खबरले विश्व फुटबलमा खुब चर्चा भयो। त्यही समय ब्राजिलले पनि ठीक यस्तै समान पारिश्रमिकको निर्णय गरेको थियो। अमेरिकामा महिला फुटबल खेलाडीले समान तलबका लागि उठाएको आवाज त अदालतसम्मै पुगेको छ। 

अमेरिकामा २८ जना महिला खेलाडीले अमेरिकी फुटबल संघविरुद्ध गएको वर्ष आफूहरुलाई कम तलब दिएको भन्दै मुद्दा हालेका थिए। समान तलबसम्बन्धी ऐनका अनुसार उनीहरुले आफूहरुमाथि विभेद भएको बताएका थिए। तर उनीहरुको मागदाबी न्यायालयले नै खारेज गरिदियो। अदालतले फैसलामा ‘पुरुष टिमका खेलाडीको तुलनामा औषत खेल र अन्य आधारलाई हेर्दा महिला टिमका खेलाडीको पारिश्रमिक कम नरहेको’ भन्ने आधारमा निर्णय गरिदियो। समान तलबका लागि खेलाडीहरु लागिरहेकै छन्। 

विश्व फुटबलको यो परिदृश्यमा बिहीबार अबेर नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा पुरुष र महिला फुटबल खेलाडीको तलब समान बनाउने निर्णय गर्‍यो। खेलकुद नै ठप्प भएर खेल्न कहिले पाइएला भन्ने चिन्तामा रहेका खेलाडीका लागि समान तलबको खबर खुसीको विषय बनिहाल्यो। सात हजारबाट मासिक तलब १८ हजार रुपैयाँ भएको कतिले त सुरुमा अविश्वास पनि गरे। 

ब्राजिल र बेलायतसँगै अस्ट्रेलिया, नर्वे र न्युजिल्यान्डले महिला र पुरुष फुटबल खेलाडीलाई समान पारिश्रमिक दिने निर्णय गरेको तीन महिनामा नेपालभित्र भएको यो निर्णयले खेल सुविधाको बहस मोडिदिएको छ। धेरैले एन्फालाई धन्यबाद दिइरहेका छन्। कतिपयले थोरै तलबको समानताको आधारमा चर्चाभन्दा महिला पुरुष दुवै टिमको जीविका चल्ने सम्मानजनक सुविधामा ध्यान दिनुपर्ने पनि बताइरहेकै छन्।  

मासिक तलब सात हजार रुपैयाँ हुँदा खेलेर के हुन्छ? भन्ने प्रश्न झेलिरहेका महिला खेलाडीका लागि तलब बढेको खुसीसँगै पुरुषसरह समान तलब पाउने उत्साह पनि निकै छ। आर्थिक अवस्थाकै कारण खेल छाडेर विदेशिने खेलाडीको सन्दर्भ छाड्ने हो भने संघर्ष गर्नेहरुका लागि यो एउटा सम्मान पनि हो।

यसअघि पनि विभायीय टिममा रहेका खेलाडीलाई जीविकाका लागि आधार अरु पनि थिए। तर विभागबाहिर रहेका खेलाडीको अवस्था नाजुक थियो। त्यसमाथि पनि राष्ट्रिय टिममा रहेका धेरै खेलाडी आफैले कमाएर चलाउनुपर्ने पारिवारिक जिम्मेवारीमा नै हुन्छन्। त्यसैले अहिलेकै तलब पर्याप्त देखिँदैन भने यसअघिको अवस्था कस्तो थियो होला? 

एक महिनाअघि मात्रै नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट खेलाडीको ग्रेड छुट्याएर मासिक तलब दिने ब्यवस्था गरेको थियो। पहिलो ग्रेडका खेलाडीले १५ हजार, दोस्रो १२ हजार र तेस्रो ग्रेडमा रहेकाले १० हजार पाउने व्यवस्थ परियो। त्योभन्दा अघि क्यानले कुनै पनि महिला क्रिकेट खेलाडीलाई तलब दिने ब्यवस्था गरेको थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

एन्फाको निर्णयपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान बिनोद दासले महिला र पुरुष फुटबल टिमका खेलाडीलाई समान तलब हुनु राम्रो हुँदाहुँदै पनि त्यो पर्याप्त छ त भन्नेमा प्रश्न गरेका छन्। खेलाडीको सुविधा र अवस्थाबारेको बहस खेल जगतमा अहिले व्यापक बनिरहेको छ। 

नेपालमा मात्रै होइन विश्व खेलकुद जगतमा महिला र पुरुषको उस्तै खेलमा फरक पारिश्रमिक मात्र होइन जितका आधारमा दिइने पुरस्कार रकममा पनि भिन्नता देखिन्छ। फ्रान्सले २०१८ को विश्वकप फुटबलको उपाधि जित्दा ३८ मिलियन अमेरिकी डलर फ्रान्स फुटबल एशोसिएसनले पाएको थियो। जहाँ २०१९ मा अमेरिकाले महिला फुटबल विश्वकप जित्दा ४ मिलियन अमेरिकी डलर मात्र पाएको थियो। 

यी सबै विषयमा खेलसँग जोडिने अन्य व्यापारले असर गर्ने भए पनि समान कामका लागि समान ज्यालाको विषयलाई विभेदको आधार बनाउनु भने हुँदैन नै। नेपालमा श्रम ऐनले व्यवस्था गरेको ‘लिङ्गको आधारमा समान मूल्यको कामको लागि पारिश्रमिकमा भेदभाव गर्न हुँदैन’ भन्ने व्यवस्थामा ढिलै भए पनि एन्फाले सकारात्मक काम गरेको छ। 

तलब बढेको कुरा कीर्तिमानी गोलकर्ता सावित्रा भण्डारीलाई सुरुमा त विश्वास नै लागेन। तर पछि विश्वस्त भइन तलब त बढेकै रहेछ। लामो समयदेखि महिला खेलाडीले तलब बढाउनु पर्छ भन्दै आवाज उठाइरहेका पनि थिए। तर एन्फाले तलब बढ्छ भनिरहे पनि यकिन निर्णय गर्न सकेको थिएन। यसैले खेलाडीहरुले तलब बढ्छ भन्ने आश मारिसकेका थिए। 

राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी भन्छिन्, ‘तलब बढ्यो रे भनेर समाचार आउँदा एक छिन त म अच्चममा परेँ। त्यो पनि पुरुषकोसँग बराबरी। पुरुषप्रधान देशको प्राय प्राथमिकतामा उनीहरु नै हुन्छन् नि।’

तलब बृद्धिले राष्ट्रिय टिमका नियमित सदस्य अनिता बस्नेत पनि मख्ख छिन्। भन्छिन्, ‘एकदमै राम्रो भएको छ। उत्साहित छु। लामो समयपछि तलब बढेको छ। हाम्रो तलब पनि पुरुषको सरह बनाएको छ। यसले सबै महिला खेलाडीको मनोबल बढेको छ। महिला फुटबलमा पनि केही हुन्छ है भन्ने सन्देश गएको छ।’

एन्फा कार्यसमितिले राम्रो काम गरेको सावित्राको बुझाइ छ। ‘पुरुषहरुको १५ हजार हुँदा हाम्रो सात हजार थियो। हामीले निकै पटक आवाज उठाएको थियौं तर भएको थिएन। यो कार्यसमितिले एउटा राम्रो काम गर्दै महिला र पुरुषको समान तलब १८ हजार पुर्याएको छ। यो बृद्धिले हामी मात्रै हैन, जुनियर खेलाडीहरु पनि उत्साहित छन्’, सावित्राले भनिन्।

संकट, अभाव र छिटफुट प्रतियोगिताको भरमा बसिरहेका महिला खेलाडी कतिले खेल छाडेर फरक पेशा रोजे, कति विदेशिए। विभागबाट खेल्नेहरु जसोतसो बढे पनि बाँकी पारिवारिक सहयोगमा जो टिके उनीहरु खेलिरहे। न हेर्नु पर्ने निकायले हेर्छ, न राज्यले नै खोज्छ। यस्तोमा अहिलेको तलब बृद्धिले ठूलो राहत हुनेछ नै। 

‘विगतको अवस्थालाई हेर्ने हो भने महिला फुटबलमा भविष्य नै नदेखेर धेरै खेलाडी विदेशिएका छन्। तर अब यो तलब बृद्धिले महिला फुटबललाई पनि प्राथमिकतामा राखेको देखिन्छ। अब महिला खेलाडी विदेश जाने लहर रोकिन्छ कि’, सावित्रा परिवर्तनको संकेतको भावमा भन्छिन्।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा पनि महिला खेलाडीको तलब बृद्धिले प्रतिस्पर्धा पनि बढ्ने बताउँछन्। ‘महिला खेलाडीको लागि यो तलब बृद्धिले प्रोत्साहन पुगेको छ। यसले प्रतिस्पर्धा पनि बढ्छ जस्तो लाग्छ’ उनले भने। 

त्यसो त, एन्फा महिला खेलाडीको तलब बढाउने प्रक्रियामै लामो समयदेखि थियो। तर आफ्नै आयस्रोत नहुँदा खेलाडीहरुको तलब बढेको थिएन। एन्फा अध्यक्ष शेर्पा भन्छन्, ‘लामो समयदेखि महिला र पुरुष खेलाडीको तलब बराबरी बनाउने प्रयास भइरहेको थियो। तर भन्नेवित्तिकै हुने कुरा भएन। आर्थिक पक्ष लगायतका अन्य पक्षलाई पनि मिलाएर गर्नु पर्यो। त्यसैले अलिक ढिलो भएको हो।’

राष्ट्रिय टिमकी मिडफिल्डर मञ्जली कुमारी योञ्जन कोरोनाको कारण लामो समय आफ्नो घर रौतहट बसेर काठमाडौं गएको साता फर्किइन्। आउँदो आइतबारबाट उनी एीपएफको अभ्यासमा जोडिने छिन्। मञ्जलीलाई पनि एन्फाले तलब बढाउँदा अब चाहिँ केही हुन्छ कि जस्तो लागेको छ। ‘यतिका वर्षपछि तलब बढेको छ। अब चाहिँ केही हुन्छ कि। पुरुष सरह महिला फुटबललाई पनि लान खोजेको हो कि। यसअघि हामीले कुरा राख्दा बढ्छ बढ्छ मात्रै भन्नु हुन्थ्यो’, मञ्जलीले सुनाइन्।

महिला फुटबल खेलाडीको तलब बृद्धिले अब प्रतिस्पर्धा पनि बढ्ने खेलाडीको बुझाइ छ। अनिता भन्छिन्, ‘पहिलेको भन्दा अब प्रतिस्पर्धा पनि धेरै हुने भयो। यो राम्रो कुरा हो। हामी विभागीय खेलाडीलाई भन्दा बाहिरका खेलाडीलाई गाह्रो थियो। अब केही सहज हुन्छ कि भन्ने हो।’

महिला खेलाडीको तलब सात हजारबाट बढेर १८ हजार पुग्दा पुरुषको १५ हजारबाट बढेर १८ हजार रुपैयाँ पुगेको हो। बढ्दो महँगी र सहरी बसोबासमा यति मासिक रकमले खेलाडीलाई एक छेउ पनि पुग्दैन नै। तर खेलमा हुने कम प्राथमिकतामा समान तलबको व्यवस्था र केही भए पनि तलब बढ्नु नै सकारात्मक कदम मानिएको छ। 

अनिता र सावित्रा एपीएफका स्थायी खेलाडी हुन् भने मञ्जली करारबाट खेल्दै आइरहेकी खेलाडी हुन्। उनीहरुले मासिक रुपमा तलब बुझिरहेका छन्। तर यस्ता धेरै खेलाडी छन् जो विभागीय टिमबाहिर छन्। उनीहरुको अवस्था विगतमा नाजुक थियो। अहिले पनि त्यस्तै छ। खेल्नको लागि घरबाट पैसा माग्नु पर्ने अवस्था अहिले पनि छ। टिमबाहिर रहेका तर खेलमा मेहनत गरिरहेका सयौँ अन्यको अवस्था त कहिले सुधार हुनु? 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्