काठमाडौं-गुह्येश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ११.४ प्रतिशत लाभांश घोषणा गरेको छ। मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र ३.४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै साधारणसभा बोलाउन सक्नेछ। संस्थाको हालको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ पुग्नेछ।
युनाइटेड फाइनान्सले भने गत वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ। मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।