काठमाडौं-लम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत लाभांश दिने भएको छ। मंगलबार बिहान बसेको सञ्चालक समितिले बैठकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो।
बैंकको हालको चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। ७ प्रतिशतले हुन आउने २७ करोड एक लाख रुपैयाँ बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ। बैंकले मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश दिने भएको हो। सञ्चालक समितिले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै वार्षिक साधारणसभा बोलाउन सक्ने छन्।
बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफा तथा जगेडा कोषबाट ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। गत वर्ष भन्दा १० प्रतिशतले लाभांश घटाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।