काठमाडौं–सिभिल बैंकले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ। बैंकले ललितपुरकाे एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) मा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो।
कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजस्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्।
बैंकले पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गरिरहेको छ। यस्तै बैंकले करिब ७० अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्व रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।