काठमाडौं–आइसिएफसी फाइनान्सले १५ प्रतिशत लाभांश दिने भएको छ। संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट १०.५० प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट १३ करोड ८९ लाख रुपैयाँ लाभांश दिने प्रस्ताव गरिएको छ। त्यसमध्ये ९ करोड ७२ लाख रुपैयाँ बोनस शेयर र ४ करोड १६ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट स्वीकृत भएपछि वितरण गर्नेछ।
हाल संस्थाको चुक्ता पुँजी ९२ करोड ६५ लाख रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।