काठमाडौं–मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५.५१ प्रतिशत लाभांश दिने भएको छ। बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिले ११.२५ प्रतिशत बोनस शेयर र ४.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
बैंकको हालको चुक्ता पुँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयरपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ।
बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत दिएसँगै साधारणसभा बोलाउन सक्ने छ। विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको पुँजीका हिसाबले सबैभन्दा ठूलो बैंक हो। दोस्रो बजारमा यसको शेयर मूल्य ३९७ रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।