काठमाडौं–प्रभु बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिले १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
बैंकले एक अर्ब तीन करोड रुपैयाँ बोनस शेयर दिने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकले वार्षिक साधारणसभा बोलाउन सक्ने छ। साधारणसभाले परित गरेसँगै शेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्न सक्ने छन्।
बैंकले अघिल्लो आर्थिक वर्षमा १६ प्रतिशत बोनस शेयर दिएको थियो। दोस्रो बजारमा बैंकको शेयर मूल्य ३४२ रुपैयाँ रहेको छ। हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ पुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।