• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २१, २०८२ Mon, Jan 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रौतहट बमकाण्ड : आलमका भाइ भारतबाट पक्राउ, नेपाल ल्याइँदै

64x64
नेपाल लाइभ सोमबार, मंसिर २२, २०७७  ११:१४
1140x725

काठमाडौं-करिब एक दर्जन व्यक्तिको ज्यान जाने गरी भएको रौतहट बमकाण्डका मुख्य अभियुक्त पूर्वमन्त्री एवं प्रतिनिधिसभाका निलम्बित सांसद मोहम्मद आफ्ताब आलमका भाइ महताब आलम पक्राउ परेका छन्।

प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले महताबलाई पक्राउ गरिएको जानकारी दिए। उनलाई भारतको मोतिहारीबाट पक्राउ गरेर नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ। भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको हो।

यसअघि गत जेठ ८ गते राति पनि महताब घर आएको सुराकी पाएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो। सो क्रममा स्थानीयले छापा मार्न गएको प्रहरीलाई अवराेध गरेपछि एकदर्जन अश्रुग्यास प्रहारसमेत भएको थियो । तर महताब भने पक्राउ परेका थिएनन्। लामो अनुसन्धानपछि महताबलाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

यो पनि पढ्नुहोस्

जेलमा रहेका आलमको घरमा प्रहरी छापा, १२ राउण्ड हवाइ फायरशुक्रबार, जेठ ९, २०७७

पक्राउ परेका महताबले दाइ आफ्ताबको योजनामा सबै काम गरेको प्रहरीले जनाएको छ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा उक्त घटना भएको थियो। घटनामा संलग्न भएको आरोपमा पूर्वमन्त्री तथा सांसद मोहम्मद आफ्ताब आलम अहिले जेलमा छन्। 

यस्तो छ घटना
२०६४ साल चैत २७ गते बुधबार साँझ साढे ६ बजे रौतहटको साविकको राजपुरफरहदवा गाविस ४ स्थित शेख इद्रिसको घरमा बम बिस्फोट भएको थियो।

बिस्फोटमा इद्रिसको घरको छानोसमेत नष्ट भएको थियो। इद्रिस अहिले नख्खु कारागारमा रहेका आलमका काका हुन्। उक्त बिस्फोटमा नारायणसिंह राजपुतका २२ वर्षीय छोरा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र रोक्साना खातुनका छोरा वर्ष २२ वर्षीय ओसी अख्तरसहित अन्य केही व्यक्ति घाइते भएका थिए।

भोलिपल्ट चैत २८ गते  संविधानसभा सदस्य चुनावको प्रचारप्रसारका लागि आलमले पिन्टु र ओसीलाई आफ्ना मान्छेमार्फत् घरबाट लिएर गएका थिए।  निर्वाचनमा आफू विजय हुन र अन्य पार्टीका कार्यकर्ताहरूलाई तर्साउन भन्दै आलमको योजनामा काकाको घरमा बम बनाउने कार्यक्रम थियो। बम बनाउने क्रममा पिन्टु र ओसीसहित अन्य व्यक्ति पनि घाइते भएका थिए।

Ncell 2
Ncell 2

घाइते पिन्टु र ओसीले होसमा छँदै हामीलाई उपचार गराउनुहोस् वा हामीलाई छाडिदिनुहोस् भनेका थिए। तर उनीहरुलाई छाड्दा उक्त बम बिस्फोटको घटना सार्वजनिक हुने भन्दै आलमको योजनामै उनीहरुले छाडिएन। उपचार गर्न पनि लगिएन।

त्यसपछि आलमकै योजनामा पिन्टु र ओसीलाई नजिकैको इँटा भट्टामा लगेर जिउँदै पोलेर हत्या गरिएको थियो।

उनीहरुलाई जिउँदै पोलेको देख्ने स्थानीय प्रत्यक्षदर्शीले समेत बयान दिएका थिए। आलमकै योजनामा हत्या भएको जानकारी पाएपछि पिन्टु र ओसीका अभिभावकले जिल्ला प्रहरी कार्यालय रौतहटमा आलमसहित उनका भाई मोहम्मद मोहताब आलम, शेख भदई, शेख मोविन आलम, शेष सराजविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए।

त्यसबेला रौतटह प्रहरीले किटानी जाहेरी लिएको थिएन। उक्त जाहेरी बार एशोसिएशनको रोहबरमा सनाखत भएको भए पनि उक्त घटनाको विषयमा विपक्षीहरूलाई गम्भीर भई अनुसन्धान अगाडि बढाउन र अपराधीलाई कारवाही गर्न बारम्बार अनुरोध गर्दासमेत कुनै सुनुवाइ नगरिएको पीडितको आरोप थियो। 

यो घटनाका बारेमा त्यसबेला इन्सेक, नेपाल बार एशोसिएशन तथा मानव अधिकार आयोगले स्थलगत अध्ययन गरी न्यायिक छानबिन आयोगको माग गरेका थिए।

पछि उक्त मुद्दामा २०६५ असार ३० गते महान्यायाधिवक्ता कार्यालयबाट मारिएका भनिएका व्यक्तिहरूको मृत्यु भएको भन्ने यकीन हुन नसकेको साथै उनीहरुको मृत्यु हत्याबाट हुन गएको भन्ने पुष्टि हुन सकेको भन्दै हत्या देखिएमा पछि मुद्दा चलाउन सकिने हुँदा अहिले कसैउपर मुद्दा नचलाउने निर्णय भएको थियो। 

इँटाभट्टा तथा शेख ईद्रिसको गोठ घरको माटो परीक्षणका लागि त्यसबेला केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, महाराजगञ्ज, काठमाडौंमा पठाइको थियो। 

बालुवा जस्तो पदार्थमा मानिस जलाएको देखिन्छ/देखिँदैन भन्ने बारेमा विष्फोटक पदार्थ परीक्षण गर्ने सुविधा हाल यस प्रयोगशालामा नभएको भन्ने उत्तर प्रहरीको विधि विज्ञानले पठाएको थियो।

त्यसबेला आरोपितमध्येका शेख इद्रिसलाई पक्राउ गरिए पनि सबुद प्रमाण नपुगेको भन्दै जिम्मा जमानीमा छाडिएको थियो। उक्त मुद्दामा कपोलकल्पित व्यहोरा उल्लेख गरी अदालतसमक्ष दर्ता गराएको रिट निवेदन खारेज भागी छ, खारेज गरिपाऊँ भनी जिल्ला प्रहरी कार्यालय, रौतहट गौरका तत्कालीन प्रमुख एसपी जयबहादुर चन्दले लिखित जवाफ दिएका थिए।

बम विष्फोटन भएको घटनास्थल मुचुल्का, बम विष्फोटनबाट पिन्टु र ओसी अख्तरलाई चोट लागेको देख्ने सराजुल मियाँ र ओहीद मियाँको कागजबाट घटना भएकाे पुष्टि भएको थियो। घटनास्थलबाट बरामद भएको माटो तथा मृतक ओसी अख्तर मियाँको स्वीटर हाइनेक, कालो रङ्गको मोजा जोडी, कालो रङ्गको जुत्ता जोडी फेला परेको थियो। ती सबदुहरु रौतहट प्रहरीले २०६५ जेठ १९ गते जाँचका लागि पठाएको पत्रबाट पुष्टि भएको थियो।

प्रहरीकै पत्रमै यस्ता प्रमाण उल्लेख भएको अवस्थामा या त शव वा जीवित व्यक्तिको उपस्थिति प्रतिवादीले देखाउन सक्नु पर्नेमा आलमले देखाउन नसकेको भन्दै पीडित पक्षका अधिवक्ताद्वय केदारप्रसाद दाहाल र नारायणप्रसाद देवकोटाले सर्वोच्च अदालतमा बहसनोट पेश गरेका थिए।

हत्या अरोपितहरुले मृतकका बारेमा केही बताउन नसकेकाले यथार्थ छानबिन गर्नुपर्ने देखिएको सर्वोच्चको ठहर थियो।

जसका कारण घाइते अवस्थाका पिन्टु र ओसीलाई जिउँदै जलाई मारेको घटनाको सम्बन्धमा मुद्दा चलाउनु पर्ने अवस्था देखिएकाले मुद्दा नचलाउने भनी गरिएको रौतहट जिल्ला सरकारी वकील कार्यालयको निर्णयलाई सदर गरेको पुनरावेदन सकारी वकील कार्यालय, हेटौंडाको निर्णयलाई सदर गर्ने गरी महान्यायाधिवक्ता कार्यालयको मिति २०६५ असार ३० गतेको निर्णय सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्कीले २०६९ जेठ १६ गते उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको थियो।

उक्त मुद्दाको गम्भीर रूपले अनुसन्धान गरी कारबाही गर्नसमेत अदालतले आदेश दिएको थियो। सुशीला कार्की पछि प्रधानन्यायाधीश भईन्। उनीविरुद्ध कांग्रेसले महाभियोग प्रस्ताव नै ल्यायो।

अदालतको आदेशपछि पनि आलमलाई प्रहरीले पक्राउ गरेन। बरु आफ्नो छोराका हत्यारालाई कारबाही गर्दै सर्वोच्चमा रिट दिएकी ओसीका आमा रोक्सना खातुनको रौतहटमा नै रहस्यमय ढंगले हत्या भयो। छोराको हत्यारामाथि कारबाहीकाे माग गर्दागर्दै खातुनको हत्या भएको थियो। खातुनका हत्यारा पनि पक्राउ परेका छैनन्।  यसमा पनि शंकाको सुइ आलमतिरै सोझिएको थियो । 

सोही प्रकरणको फाइल प्रहरीले खोलेर अनुसन्धान गरेको थियो । त्यसपछि आलम पक्राउ परेका थिए । अहिले उनी जेलमा छन् ।  यही मुद्दाका अन्य व्यक्ति भने अझै फरार छन्।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्