• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जेलमा रहेका आलमको घरमा प्रहरी छापा, १२ राउण्ड हवाइ फायर

64x64
नारायण अधिकारी शुक्रबार, जेठ ९, २०७७  १०:०९
1140x725
पूर्वमन्त्री मोहम्मद अफताब आलम

काठमाडौं- प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको रौतहटस्थित घरमा प्रहरीले छापा मारेको छ। 

रौतहट बम काण्डका आरोपित आलमका भाई महताब सहित अन्य तीन आरोपी घरमा आएको सूचना प्रहरीकहाँ आएपछि गए राति प्रहरीले छापा मारेको हो।

आलमको घरमा छापा मारेकोे पुष्टि गर्दै प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले भने, ‘आलमका भाइसहित तीन जना घरमा आएको सूचना आएपछि छापा मारेको हो। तर केही पनि फेला परेन।’

एक दर्जन मान्छेलाई जिउँदै इँटा भट्टामा जलाएर मारेको आरोपमा पुर्पक्षका लागि आलम जेल चलान भए पनि सोही कसुरमा संलग्न अन्य व्यक्ति भने फरार हुँदै आएका छन्। 

आलमसहित उनका भाइ महताब आलम, सहयोगीहरू मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलगायत फरार छन् । उनीहरु मध्ये तीन जना गए राति रौतहट आएको सूचना आएपछि जिल्ला प्रही कार्यालय रौतहटबाट प्रहरी टोली परिचालन भएको थियो । 

आलमको घरमा खानतलासी गर्नेक्रममा स्थानीयले अवरोध गरेपछि प्रहरीले भीडलाई तितबितर पार्न १२ राउण्ड हवाइ फायर समेत गर्नु परेको थियो ।

‘सादा पोशाकमा हाम्रो टोली आलमको घरमा गएर खानतलासी गर्न लागेको थियो। त्यसपछि स्थानीयले थाहा पाएर अवरोध गर्न थालेपछि हवाई फायर गर्नु पर्‍यो’, स्रोतले भन्यो । 

उक्त बम काण्डमा जोडिएका अधिकांश व्यक्ति अहिले सीमा पारी भारतमा लुक्दै आएको प्रहरी स्रोतको दाबी छ। मौका पाउँदा उनीहरु बेला बेला नेपाल  प्रवेश गर्ने गरेका छन्। सोही क्रममा उनीहरु बिहीबार नेपाल प्रहरी गरेको सूचना प्रहरीकहाँ आएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो छ उनीहरु जोडिएको बम बिस्फोटको घटना
२०६४ साल चैत्र २७ गते बुधबार साँझ साढे ६ बजे रौतहटको साविकको राजपुरफरहदवा गाविस ४ स्थित शेख इद्रिसको घरमा बम बिस्फोट भएको थियो।

बिस्फोटमा इद्रिसको घरको छानो समेत नष्ट भएको थियो। इद्रिस अहिले नख्खु कारागारमा रहेका आलमका काका हुन्। उक्त बिस्फोटमा नारायणसिंह राजपुतका २२ वर्षीय छोरा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र रोक्साना खातुनको छोरा वर्ष २२ वर्षीय ओसी अख्तरसहित अन्य केही व्यक्ति घाइते भएका थिए।

भोलिपल्ट चैत २८ गते  संविधानसभा सदस्य चुनावको प्रचार प्रसारका लागि आलमले पिन्टु र ओसीलाई आफ्ना मान्छेमार्फत घरबाट लिएर गएका थिए।  

निर्वाचनमा आफू विजय हुन र अन्य पार्टीका कार्यकर्ताहरूलाई तर्साउन भन्दै आलमको योजनामा काकाको घरमा बम बनाउने कार्यक्रम थियो। बम बनाउने क्रममा पिन्टु र ओसीसहित अन्य व्यक्ति पनि घाइते भएका थिए।

Xtrem

Xtrem

घाइते पिन्टु र ओसीले होसमा छँदै हामीलाई उपचार गराउनुहोस् वा हामीलाई छाडी दिनुहोस् भनेका थिए। तर उनीहरुलाई छाड्दा उक्त बम बिस्फोटको घटना सार्वजनिक हुने भन्दै आलमको योजनामै उनीहरुले छाडिएन। उपचार गर्न पनि लगिएन।

त्यसपछि आलमकै योजनामा पिन्टु र ओसीलाई नजिकैको इँटा भट्टामा लगेर जिउँदै पोलेर हत्या गरिएको थियो।

उनीहरुलाई जिउँदै पोलेको देख्ने स्थानीय चश्मदीदले समेत बयान दिएका थिए। आलमकै योजनामा हत्या भएको जानकारी पाएपछि पिन्टु र ओसीका अभिभावकले जिल्ला प्रहरी कार्यालय रौतहटमा आलमसहित उनका भाई मोहम्मद मोहताब आलम, शेख भदई, शेख मोविन आलम, शेष सराजविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए।

त्यसबेला रौतटह प्रहरीले किटानी जाहेरी लिएको थिएन। उक्त जाहेरी बार एशोसिएशनको रोहबरमा सनाखत भएको भए तापनि उक्त घटनाको विषयमा विपक्षीहरूलाई गम्भीर भई अनुसन्धान अगाडि बढाउन र अपराधीलाई कारवाही गर्न बारम्बार अनुरोध गर्दासमेत कुनै सुनुवाई नगरिएको पीडितको आरोप थियो। 

यो घटनाका बारेमा त्यसबेला इन्सेक, नेपाल वार एशोसिएशन तथा मानव अधिकार आयोगले स्थलगत अध्ययन गरी न्यायिक छानबीन आयोगको माग गरेक थिए।

पछि उक्त मुद्दामा २०६५ असार ३० गते महान्यायाधिवक्ता कार्यालयबाट मारिएका भनिएका व्यक्तिहरूको मृत्यु भएको भन्ने यकीन हुन नसकेको साथै उनीहरुको मृत्यु हत्याबाट हुन गएको भन्ने पुष्टि हुन सकेको भन्दै हत्या देखिएमा पछि मुद्दा चलाउन सकिने हुँदा अहिले कसैउपर मुद्दा नचलाउने निर्णय भएको थियो। 

इँटा भट्टा तथा शेख ईद्रिसको गोठ घरको माटो परीक्षणको लागि त्यसबेला केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, महाराजगञ्ज, काठमाडौंमा पठाइको थियो। 

बालुवा जस्तो पदार्थमा मानिस जलाएको देखिन्छरदेखिँदैन भन्ने बारेमा विष्फोटक पदार्थ परीक्षण गर्ने सुविधा हाल यस प्रयोगशालामा नभएको भन्ने उत्तर प्रहरीको विधि विज्ञानले पठाएको थियो।

त्यसबेला आरोपित मध्येका शेख इद्रिसलाई पक्राउ गरिए पनि सबुद प्रमाण नपुगेको भन्दै जिम्मा जमानीमा छाडिएको थियो। उक्त मुद्दामा कपोलकल्पित व्यहोरा उल्लेख गरी अदालतसमक्ष दर्ता गराएको रिट निवेदन खारेजभागी छ, खारेज गरिपाऊँ भनी जिल्ला प्रहरी कार्यालय, रौतहट गौरका तत्कालीन प्रमुख एसपी जयबहादुर चन्दको लिखित जवाफ दिएका थिए।

बम विष्फोटन भएको घटनास्थल मुचुल्का, बम विष्फोटनबाट पिन्टु र ओसी अख्तरलाई चोट लागेको देख्ने सराजुल मियाँ र ओहीद मियाँको कागजबाट घटना घटेको पुष्टि भएको थियो। घटनास्थलबाट बरामद भएको माटो तथा मृतक ओसी अख्तर मियाँको स्वीटर हाइनेक, कालो रङ्गको मोजा जोडी, कालो रङ्गको जुत्ता जोडी फेला परेको थियो। ती सबदुहरु रौतहट प्रहरीले २०६५ जेठ १९ गते जाँचका लागि पठाएको पत्रबाट पुष्टि भएको थियो।

प्रहरीकै पत्रमै यस्ता प्रमाण उल्लेख भएको अवस्थामा या त लास वा जीवित व्यक्तिको उपस्थिति प्रतिवादीले देखाउन सक्नु पर्नेमा आलमले देखाउन नसकेको भन्दै पीडित पक्षका अधिवक्ताद्धय केदारप्रसाद दाहाल र नारायणप्रसाद देवकोटाले सर्वोच्च अदालतमा बसहनोट पेश गरेका थिए।

हत्या अरोपितहरुले मृतकका बारेमा केही बताउन नसकेकाले यर्थाथ छानबिन गर्नुपर्ने देखिएको सर्वोच्चको ठहर थियो।

जसकारण घाइते अवस्थाका पिन्टु र ओसीलाई जिउँदै जलाई मारेको घटनाको सम्बन्धमा मुद्दा चलाउनु पर्ने अवस्था देखिएकोले मुद्दा नचलाउने भनी गरिएको रौतहट जिल्ला सरकारी वकील कार्यालयको निर्णयलाई सदर गरेको पुनरावेदन सकारी वकील कार्यालय, हेटौंडाको निर्णयलाई सदर गर्ने गरी महान्यायाधिवक्ता कार्यालयको मिति २०६५ असार ३० गतेको निणर्य सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्कीले २०६९ जेठ १६ गते उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको थियो।

उक्त मुद्दाको गम्भीर रूपले अनुसन्धान गरी कारबाही गर्न समेत अदालतले आदेश दिएको थियो। सुशीला कार्की पछि प्रधानन्यायाधीश भईन्। उनीविरुद्ध कांग्रेसले महाभियोग प्रस्ताव नै ल्यायो।

अदालतको आदेश पछि पनि आलमलाई प्रहरीले पक्राउ गरेन। बरु आफ्नो छोराको हत्यारालाई कार्वाही गर्दै सर्वोच्चमा रिट दिएकी ओसीका आमा रोक्सना खातुनको रौतहटमा नै रहस्यमय ढंगले हत्या भयो। छोराको हत्यारामाथि कार्वाहीको माग गर्दागर्दै खातुनको हत्या भएको थियो। खातुनका हत्यारा पनि पक्राउ परेका छैनन्।  यसमा पनि शंकाको सुइ आलम तिरै सोझिएको थियो । 
सोही प्रकरणको फाइल प्रहरीले खोलेर अनुसन्धान गरेको थियो । त्यसपछि आलम पक्राउ परेका थिए । अहिले उनी जेलमा छन् ।  यही मुद्दाका अन्य व्यक्ति भने अझै फरा छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्