काठमाडौं- मञ्जुश्री फाइनान्सले २३.५ प्रतिशत लाभांश घोषणा गरेको छ। आइतबार बसेको सञ्चालक समितिको बैठकले १८ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। संस्थाले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्रै साधारणसभा बोलाउन सक्नेछ।
संस्थाको हालको चुक्ता पुँजी ८१ करोड ८१ लाख रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी ९६ करोड ९३ लाख रुपैयाँ पुग्नेछ। संस्थाले गत आर्थिक वर्षमा २८ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। प्रतिसेयर आम्दानी ३४ रुपैयाँ भएकाले नै संस्थाको दोस्रो बजारमा मूल्य उचालिएको थियो।
एनआइसी एसियासँग मर्ज हुने हल्ला र प्रतिसेयर आम्दानी राम्रो भएकाले दोस्रो बजारमा यस संस्थाको सेयरमा लगानीकर्ताले खेलेका थिए। यसै क्रममा आइतबार दोस्रो बजारमा सर्किट लाग्दा पनि मञ्जुश्रीको भने बढेको थियो। केही हदसम्म इन्साइड ट्रेडिङका कारण पनि मूल्य बढेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।