काठमाडौं- अमेरिकाको मेरिल्यान्ड निवासी गायिका रानी शाक्यको तीन वटा गीति एल्वम एकै पटक रिलिज भएका छन्।
'चिया बारीमा', 'वैंशालु जोवन' र 'डुब्न लागेको घाम' नामक तीन वटा एल्वम एकै पटक युट्युब च्यानलबाट रिलिज भएको हो।
केही चलचित्रमा पार्श्व गायन गरिसकेकी गायिका शाक्य नेपाल आर्ट एन्ड कल्चर म्युजिक अवार्ड २०७७ र स्पर्श म्युजिक भिडियो अवार्ड २०२० बाट पुरस्कृत भइसकेकी छिन्। सबै विधाका गीतहरु गाउन रुचाउने गायिका शाक्य पेसाले चिकित्सक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।