काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड’र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थी नेताहरुले गरे छुट्टै भेला, वर्तमान स्थितिका बारेमा युवाहरूलाई जानकारी दिनका लागि आयोजना गरिएको दाबी
२) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ मा सरकारविरुद्ध देशव्यापी विरोध प्रर्दशन गर्ने, केन्द्रीय नेतृत्वको अगुवाइमा हुने प्रदर्शमा भातृ संगठन र शुभेच्छुक संस्थालाई पनि उतार्ने कांग्रेसको निर्णय
३) भारतीय विदेश सचिवको नेपाल भ्रमणले भारतसँगको सम्वादहीनता अन्त्य भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ, दुई देशका सचिवस्तरीय बैठक बस्ने तयारी भइरहेको जानकारी
४) चिनियाँ एजेन्टहरुले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको टिमकालाई प्रभावित पार्न थालेको अमेरिकी गुप्तचरको दाबी, १ हजारभन्दा बढी संदिग्ध चिनियाँ एजेन्ट अमेरिकाबाट भागिसकेको न्याय मन्त्रालयको भनाइ
५) र, केन विलियम्सनले टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउँदै सर्वाधिक उच्च रनको आफ्नै रेकर्ड तोडे, वेष्ट इन्डिज विरुद्ध ४१२ बलको समाना गर्दै ३४ चौका र दुई छक्काको मद्दतमा बनाए २५१ रन
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।