• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

छताछुल्ल नेकपा विवाद

दुवै पक्ष उत्रिए आरोप्रत्यारोपमा
64x64
वीरेन्द्र ओली शुक्रबार, मंसिर १९, २०७७  २०:२४
1140x725

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को विवाद छताछुल्ल भएको छ। पार्टी विवाद उत्कर्षमा पुगेपछि सचिवालय बैठकमा नेताले बोलेका अडियो सार्वजनिक हुनुका साथै आफू निकट जनवर्गीय संगठनको भेला हुन थालेपछि गुटगत बैठकमा सीमित नेकपा विवाद छताछुल्ल भएको हो। 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थी नेताले शुक्रबार थापाथलीको इन्जिनियरिङ क्याम्पसमा भेला गरेका छन्। प्रचण्ड-नेपाल पक्षको भेलामा प्रमुख अतिथि स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, रामकुमारी झाक्री र विद्यार्थी संगठनका सहसंयोजक रञ्जित तामाङ लगायत विद्यार्थी नेता उपस्थित भई सम्बोधन गरेका छन्। 

शनिबार बस्ने सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने/नहुने निश्चित छैन। तर, प्रचण्ड-नेपाल पक्षले विद्यार्थी संगठनको छुट्टै भेला गरेर ओलीमाथि दबाब सिर्जना गरेका छन्। एकपछि अर्को गर्दै प्रचण्ड-नेपाल पक्षले दबाब बढाएपछि ओली लचिलो हुँदै गएको नेताहरुले बताएका छन्। तर पार्टी विवादको सूत्र अझै फेला नपरेको नेताहरूले बताएका छन्। शनिबारको सचिवालय बैठकका विषयमा कुनै ठोस निर्णय नभएकाले नेकपाका नेताहरूले चासोका साथ हेरेका छन्। 

अनेरास्ववियूका संयोजक ऐन महरले प्रचण्ड-नेपाल पक्षले बोलाएको विद्यार्थी भेलालाई गुटको भेला भएको बताए। ‘हामीले विद्यार्थी संगठनमा गुटको भेला गरेका छैनौँ। एकाध भेटघाट र छलफललाई गुटको भेला भन्न मिल्दैन,’ महरले भने, ‘उनीहरूले भेला गरेर सरुवा गरेका छन्। हामीले पनि विस्तारै भेला गर्दै जान्छौँ।’ तर, प्रचण्ड-नेपाल पक्षका विद्यार्थी नेताहरूले ओली पक्षले भेला गर्दै हिँड्न थालेपछि आफूहरू पनि भेला गर्न बाध्य भएको बताएका छन्।

प्रचण्ड-नेपाल विद्यार्थी भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरका अध्यक्ष केपी ओलीबाटै समस्या निम्तिएको बताइन्। एक नम्बरको अध्यक्ष भनेपछि एक नम्बरकै व्यवहार देखाउनुपर्ने बताइन्। ‘एक नम्बरको अध्यक्ष भएपछि समस्या भए सुल्झ्याउने समाधानको उपाय निकाल्ने काम पनि एक नम्बरकै अध्यक्षको हो,’ शाक्यले भनिन्, ‘तर, बैठकमा बस्नै नमान्ने, यदि  बैठक भइहाले बस्न नमान्ने पनि पहिलो नम्बरको अध्यक्ष हुन्छ? आचारण व्यवहारमा उहाँ(केपी शर्मा ओली) कम्युनिस्ट जस्तो देखिँदैन।’ पहिलो नम्बर अध्यक्षकै कारण पार्टी र सरकार ठप्पै भएको शाक्यले आरोप लगाइन्।

Ncell 2
Ncell 2
nimb
nimb
1140x725
नेपाल-प्रचण्ड पक्षका विद्यार्थीको थापाथली इन्जिनियरिङ क्याम्पसमा भएको भेला।

‘सरकारकै गतिविधिका कारण सडकमा राजतन्त्रको नारा घन्कियो। सडकबाट हजारौँलाखौँ जनताले फालिसकेको राजतन्त्र फर्किने स्थिति छैन,’ शाक्यले भनिन्, ‘तर, धमिलो पार्टीमा माछा पार्ने प्रयास भइरहेको छ।’ अध्यक्ष ओलीलाई जबज, एमाले पार्टी दर्ता गर्ने जस्ता काम गरेर पार्टी एकता विरोधी काम नगर्न शाक्यले चेतावनी दिइन्। कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनले सरकारका धेरै विषय समेटेको भन्दै शाक्यले त्यस प्रतिवेदनका विषयमा सबै पार्टी कमिटीमा छलफल भई निष्कर्षमा पुग्नुपर्ने बताइन्। 

यस्तै स्थायी कमिटी सदस्य पम्फा भुसालले समस्याबाट भाग्ने नेतृत्व हुन नसक्ने बताइन्। ‘शनिबार सचिवालय र आइतबार स्थायी कमिटी बैठक बोलाएको छ। त्यहाँ अध्यक्ष केपी कमरेड पनि उपस्थित हुनुहुन्छ,’ भुसालले भनिन्, ‘उहाँ (केपी कमरेड) आउनुहुन्न भन्नेतिर नजाऔं। उहाँ बैठकमा सहभागी भई छलफलमा सहभागी हुनुहुन्छ। समस्याबाट भाग्ने नेतृत्व हुन सक्दैन।’ 

पार्टीमा सहमति नभए अल्पमत र बहुमतका आधारमा निर्णय गर्दै जाने भुसालले बताइन्। थापाथलीको इन्जिनियरिङ क्याम्पसमा शाक्य र भुसालले आफू निकट विद्यार्थीहरूलाई किन आफूहरुले भेला गरेको भन्ने विषयमा स्पष्ट पारेका थिए। आफूहरु पार्टीमा विभाजन नभई पार्टी एकताको पक्षमा उभिएको बताउँदै उनीहरुले पार्टीलाई विधिपद्धतिमा हिँडाउन र पार्टीभित्र चलेको द्वन्द्वको निकास खोज्न दबाब दिनका लागि भेला गरिएको उल्लेख गरे। संविधान र पार्टी विधानले समाजवादी दिशा तय गरेपनि सरकार त्यस दिशामा हिँड्न नसक्नु दुखद् भएको उनीहरुको भनाइ थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस्तै, केन्द्रीय सदस्य लेखनाथ न्यौपानले नेपाल कम्युनिस्ट पार्टीमा कुरा समाजावादी भएपनि व्यवहारमा समान्तवादी संस्कृति  झल्किने काम भएको आरोप लगाए। ‘कम्युनिस्ट पार्टीको नेतृत्वले कुरामा खुबै समाजवाद जप्ने गरेको छ। व्यवहारमा पूरै समान्तवाद देखिन्छ,’ न्यौपानेले भने, ‘व्यक्तिलाई पूजा गर्ने प्रवृत्ति कम्युनिस्ट हुनै सक्दैन। त्यौ पूरै सामान्तवादी प्रवृत्ति हो। त्यस्तो खालको व्यवहार सच्चिनुपर्छ।’ विद्यार्थी संगठनका नेताहरूले समेत श्रममा बाँच्ने अवस्था सृजना गर्नुपर्ने न्यौपानेको तर्क छ। 

यस्तै नेकपाकै अर्की केन्दीय सदस्य रामकुमारी झाँक्रीले विद्यार्थी संगठनका नेता-कार्यकर्तालाई अरिगांल नभई काम गरेर खाने मौरी बन्न आग्रह गरिन्। नेकपामा व्यक्तिको पूजाआजा नभई विधिपद्धति अंगाल्ने प्रवृत्तिको विकास गर्नुपर्ने झाँक्रीको मत छ। सरकारले बाहिर समाजवादको नारा जप्ने गरे पनि व्यवहारमा दलाल पुँजीवादलाई पोस्ने गरेको आरोप उनको छ। 

यस्तै, अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले पार्टीमा आफूलाई महिषासुर ठान्ने प्रवृत्ति रहेको बताए। केपी ओलीको जेट विमान समाजवादको यात्रामा जाने भनिएपनि दलाल पुँजीवादी दिशातिर लागेको तामाङको आरोप थियो। ‘हामी पार्टी विभाजनको पक्षमा छैनौँ। पार्टी एकताको पक्षमा छौँ। कम्युनिस्ट आन्दोलनलाई बलियो र व्यवस्थित बनाउन चाहन्छौँ,’ तामाङले भने, ‘यो भेलालाई यदि कसैले गुटको भेला भन्छ भने, यदि कसैले फुटको भेला भन्छ भने यहीँबाट भन्न चाहन्छौँ। हामी पार्टी एकतालाई बचाउन चाहन्छौँ।’ 

अध्यक्ष ओलीले पार्टीमा विधिपद्धति उल्लंघन गरेको तामाङले टिप्पणी गरे। ‘पार्टी अध्यक्ष बैठक बस्न मान्नुहुन्न। पार्टीमा कुनै विधिपद्धति मान्दिनँ भन्नुहुन्छ। पार्टीको विधान मान्दिनँ भन्नुहुन्छ,’ तामाङले भने, ‘के पार्टी अध्यक्षले त्यस्तो भन्न सुहाउँछ? त्यो कदापि सुहाउँदैन। त्यो विधिपद्धतिभित्र अध्यक्ष मात्रै होइन, सबै बस्नुपर्छ।’ प्रधानमन्त्रीले भ्रष्टाचारीलाई देख्न पनि सक्दिनँ भन्ने गरेपनि मन्त्री नै भ्रष्टाचरामा मुछिएको समाचार आएको तामाङको भनाइ थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  २०:२४
  • #ओली-प्रचण्ड-नेपाल
  • #नेकपाविवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्