काठमाडौं-ग्लोबल आइएमई बैंकले ईलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। योसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३२ पुगेको छ।
शाखारहित बैंकिङ्ग सेवाबाट सेवाग्राहीले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा निकाल्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सिडिएमए, युटिएल, एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन ग्लोबल आइएमई बैंकले यस स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जालसहित २३९ एटिएम, ४६ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३२ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।