काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि नेकपा सचिवालय बैठक स्थगित, ओलीले बैठकमा आएर प्रष्टीकरण दिनुपर्ने वरिष्ठ नेता झलनाथ खनालको भनाइ । ( नेकपा सचिवालय बैठक स्थगित )
२) थप ९ कोरोना संक्रमितको मृत्यु, १ हजार ५३८ पुगे मृतक, काठमाडौं उपत्यकामा ७२३ सहित १ हजार ४९० जनामा संक्रमण, २ लाख ३६ हजार २४६ पुगे संक्रमित । ( नेपालमा १५३८ पुगे मृतक )
३) बियरको बोत्तलको सट्टा कार्टुनमा अन्तशुल्क स्टिकर टाँस्ने सरकारको निर्णय, भण्डारण रित्तिन लागेपछि तीन वर्षअघिकै बाटोमा फर्कियो आन्तरिक राजस्व विभाग, नयाँ खरिद अझै अन्यौलमा । ( नयाँ खरिद अझै अन्यौलमा )
४) राष्ट्रपति ट्रम्पको दाबी अनुसार चुनावमा धाँधलीको कुनै प्रमाण नभेटिएको अमेरिकाका महान्यायाधिवक्ता विलियम बारको भनाइ, पराजय स्वीकार नगरेका ट्रम्पलाई महान्यायाधिवक्ताको प्रतिक्रियाले झड्का । ( महान्यायाधिवक्ताको प्रतिक्रियाले ट्रम्पलाई झड्का )
५) र, राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा कप्तान विराजको पुनरागमन, बोलाइए ५८ खेलाडी, विश्वकप फुटबल २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट मुख्य प्राथमिकतामा । ( बन्द प्रशिक्षणमा कप्तान विराजको पुनरागमन )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।