काठमाडौं-वोमी लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८ करोड ३३ लाख रुपैयाँको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।
संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनु पर्ने छ। राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभा बोलाएर उक्त लाभांश पारित गर्न सक्नेछ। संस्थाले गत वर्ष नागरिक लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेको थियो। मर्जरमा गएका संस्थाले बोनस शेयरमा लाग्ने करमा छुट दिएकाले बोनस शेयरका लागि कर छुट्टाउनु परेको छैन।
हाल संस्थाको चुक्ता पुँजी २७ करोड ७८ लाख रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयरपछि संस्थाको चुक्ता पुँजी ३६ करोड ११ लाख रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।