काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेकपा सचिवालय बैठक ः अध्यक्ष ओली र प्रचण्डले राखेको प्रस्तावमाथि नेताहरूबीच औपचारिक र अनौपचारिक छलफल प्रारम्भ, विवाद भइरहेको अवस्थामा बैठक नराख्न ओलीको प्रस्ताव । ( नेताहरूबीच अनौपचारिक छलफल पनि गरिने )
२) नेपालमा थप २१ संक्रमितको मृत्यु, १ हजार ५२९ पुगे मृतक, काठमाडौं उपत्यकामा ५३० सहित १ हजार ३०४ जनामा संक्रमण, २ लाख ३४ हजार ७५६ पुगे संक्रमित । ( नेपालमा १५२९ पुगे मृतक )
३) सर्वोच्चको साथ पाएपछि टेस्लाको अवैध आयाकर्ताले ग¥यो वास्तविक भन्दा कम मूल्यांकन, गाडीको मूल्य र ब्याट्री क्षमता नै ढाँटेर कर छली । ( टेस्लाको अवैध आयातकर्ताले ग¥यो ‘अन्डर इनभ्वाइस’)
४) चीन–अमेरिका व्यापार युद्धः चीनले ल्यायो निकासीसम्बन्धी कडा कानुन, नयाँ नियम अमेरिकाले चालेका कदमको जवाफ भएको आँकलन, जारी व्यापार युद्धलाई थप चर्काउने चिन्ता व्यक्त । ( चीनले ल्यायो निकासीसम्बन्धी कडा कानुन )
५) र, नेपालका फुटबल क्लब एसियाली फुटबल महासंघका प्रतियोगिता खेल्न अयोग्य, एएफसी क्लब प्रतियोगिताका न्यूनतम मापदण्ड पूरा नगरेको आरोप, दुई वर्ष मापदण्ड पूरा गर्ने समय दिन एन्फाले अनुरोध गर्नसक्ने । ( नेपालका क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।