काठमाडौं- फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ३२.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको साढे ३२ प्रतिशतले हुन आउने १२ लाख २७ हजार ४३४ कित्ता सेयर सूचीकृत भएको हो।
बुधवारदेखि दोस्रो बजारमा कारोबार हुने गरी यो सेयर सूचीकृत भएको हो। कम्पनीले पुस २९ गते बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो।
सोही साधारणसभाबाट साढे १२ प्रतिशत नगद लाभांशसमेत पारित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।