काठमाडौं–नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८.४२ प्रतिशत लाभांश दिने भएको छ।
बैंकको ३६१ औं सञ्चालक समिति बैठकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनु पर्ने छ। राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा पेश गर्ने छ। साधारणसभाले उक्त लाभांश पारित गरेसँगै शेयरधनीहरुले प्राप्त गर्ने छन्। हाल दोस्रो बजारमा बैंकको शेयर मूल्य ३१७ रुपैयाँ छ। बैंकले गत वर्षको भन्दा लाभांश दर घटाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।