काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेपाल र भारतबीचको सीमा विवादमा बोल्न सरकारलाई अप्ठ्यारो हुने भूमि व्यवस्था मन्त्री पदमा अर्यालको भनाइ, सीमाका विषयमा गुम्सिएर बस्नुपर्ने र लागेको कुरा बोल्न नपाइने बाध्यतासमेत रहेको उल्लेख । ( सीमाको विषयमा गुम्सिएर बस्नुपरेको उल्लेख )
२) थप २९ कोरोना संक्रमितको मृत्यु, १ हजार ५०८ पुगे संक्रमित, काठमाडौं उपत्यकामा ८०९ सहित १ हजार ४७४ जनामा संक्रमण, २ लाख ३३ हजार ४५२ पुगे संक्रमित । ( नेपालमा १५०८ पुगे मृतक )
३) राज्य संयन्त्रकै आडमा कतार रोजगारीमा सिन्डिकेट लाद्ने चलखेल, कतार पुलिसका लागि म्यानपावरले लिइरहेको अवैध अन्तर्वार्तामा माथिल्लो निकायको रोहबरमै कतारी नागरिकलाई त्यहाँबाट भगाइएको स्रोतको दाबी । कतार रोजगारीमा सिन्डिकेट लाद्ने चलखेल )
४) उत्तरपश्चिमी नाइजेरियामा ११० जना किसानको आमहत्या गरिएको संयुक्त राष्ट्रसंघको दाबी, सर्वसाधारणविरुद्ध यसवर्षकै ठूलो हिंसाको घटना, घटनाको कसैले जिम्मेवारी नलिए पनि बोको हरामको संलग्नता भएको आशंका । ( नाइजेरियामा ११० किसानको नृशंस हत्या )
५) र, अर्जेन्टिनी फुटबल स्टार डिएगो म्याराडोनाको निधनको चार दिनपछि प्रहरीद्वारा म्याराडोनाको उपचारमा संलग्न चिकित्सक डा. लियोपोल्डो लुकेको क्लिनिक र घरमा छापा, उपचारमा लापरवाही गरेको आशंका । ( उपचारमा लापरवाही गरेको आशंका )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।