काठमाडौं- युनाइटेड इदी मर्दी एण्ड आरवी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर ८१ हजार २७३ जनाले १० कित्ता प्राप्त गरेका छन्। यिनैमध्ये एक जनाले थप ६ कित्ता प्राप्त गरेका छन्। कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्म सर्वसाधारणतर्फको ८ लाख ७३ हजार ९३० कित्ता निष्काशन गरेको थियो।
उक्त सेयरमध्ये म्युचुअल फण्डले ४३ हजार ६९६ कित्ता सेयर प्राप्त गरेका छन्। त्यस्तै कर्मचारीहरुले १७ हजार ४७८ कित्ता प्राथमिक शेयर पाएका छन्। प्राथमिक सेयरका लागि ५ लाख ४१ हजारले आवेदन दिएका थिए। ९४ करोड ९८ लाख रुपैयाँको लागि आवदेन परेको थियो। सबैले १० कित्ताको दरले आवदेन दिएकाले थोरै रकम देखिएको हो।
कम्पनीले प्रभावित क्षेत्रका लागि निष्काशन गर्दा नबिकेका दुई लाख ४३ हजार कित्तासहित ८ लाख ७३ हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको थियो।
कम्पनीले निर्माण गरेको ७ मेगावाट क्षमताको जलविद्युत आयोजनाले गत असोजदेखि विद्युत उत्पादन गर्दै आएको छ। आयोजनाको जम्मा लागत एक अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड २९ लाख पर्न आउछ। चालु आर्थिक वर्षमा कम्पनी सञ्चित नोक्सानीमा देखिए पनि आगामी आर्थिक वर्षदेखि नाफामा देखिने कम्पनीले जनाएको छ। अबको दुई वर्षपछि कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ हुने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।