काठमाडौं- नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु-१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छिन्। गर्ल्स डबल्स फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासँग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गरिन्।
गर्ल्स सिंगल्समा भने अभिलाषा दोश्रो भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन्। फाइनलमा रसियाकी एरिनाले अभिलाषालाई हराइन्।
पाकिस्तानमा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा नेपालका आरभ सम्राट हाडा र अकी जुवेन रावत दोश्रो भए। फाइनलमा नेपाली जोडी अमेरिकाका रोहन बेल्डे र एलेक्जेन्डर कर्मानसँग पछि परे।
नोभेम्बर २३ देखि सुरु प्रतियोगितामा रसिया, स्पेन, अमेरिका, नेपाल, पकिस्तान, बेलायत, अस्ट्रेलिया र जापानको सहभागिता रहेको सदस्य विष्टले जानकारी गराए। सर्किट– २ सोमबारदेखि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।