काठमाडौं-प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीले चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने भएको हो। मंसिर १२ गते बसेको सञ्चालक समितिको बैंठकले १५ करोड ८१ लाख रुपैयाँको बोनस शेयर र १८ करोड ७ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ पुग्ने छ। एक्चुरी मूल्याङ्कन ढिला हुँदा कम्पनीको वित्तीय विवरण तयार हुन एक वर्षभन्दा लामो समय लागेको छ।
कम्पनीले विगत ५ आर्थिक वर्ष यताकै अधिकतम लाभांश दिने घोषणा गरेको हो। गएका वर्षमा बोनस शेयरमा मात्रै केन्द्रित रहेको कम्पनीले एक दशक यताकै सबैभन्दा धेरै नगद लाभांश वितरण गरेको हो। बिमा समितिले निर्देशन गरेको पुँजी पुरा गरेसँगै कम्पनीले यस पटक शेयरधनीलाई नगद लाभांश दिने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।