• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीका प्रतिप्रश्न : जसले अब जवाफ होइन, ‘एक्सन’ खोज्छन्

64x64
डिबी खड्का शनिबार, मंसिर १३, २०७७  २१:०५
1140x725

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको बहुप्रतिक्षित राजनीतिक प्रतिवेदन (सवालको जवाफ) सचिवालय बैठकमा पेश भएको छ। सवाल गर्दा वा जवाफ फर्काउँदा मुटु नै छेडिने भाषा प्रयोग गर्ने ओलीको जवाफी प्रतिवेदनको भाषा अनपेक्षित रुपमा सालिन छ, मनमा आँधी उठ्दा उठ्दै कोही मुस्कुराए जस्तो!

शब्द चयनमा सालिनता देखए पनि अर्थमा आवेग छ। जवाफभन्दा बढी प्रतिप्रश्न गरिएको प्रतिवेदनबाट ओलीले कोही मैदानमा आए आफू पछि नहट्ने स्पष्ट संकेत गरेका छन्। दुवै प्रतिवेदन, त्यसमा प्रयुक्त भाषा र उल्लेख गरिएका सन्दर्भले यो एक पार्टीको जीवन्तता र गतिशीलताका लागि आवश्यक स्वभाविक अन्तरविरोध जस्तो देखिँदैन। दुई अध्यक्षको व्यक्तित्वको टकराव, सत्ता प्राप्तीपछि मिल्न नसकेको लाभहानीको हिसाबकिताब र भावनाले भन्दा पनि गणितले बनेको सम्बन्धको पार्श्व असर जस्तो देखिन्छ।

सचिवालयमा पेश मात्रै भएका प्रतिवेदनमाथि आगामी बैठकमा छलफल गर्ने निर्णय शनिबार गरिएको छ। तर, छलफल गर्नु र कुनै निष्कर्षमा पुग्नुको अर्थ नेकपाकै केही नेताहरुले देखेका छैनन्। प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्नुको औचित्य नै नभएको उनले दर्शाइसकेका छन् । आफ्नो प्रतिवेदनमा ओलीले प्रचण्डको उक्त ‘प्रस्ताव’लाई उद्धरणभित्र राखेका छन्। उनले भनेका छन्, ‘त्यसले कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले खासै महत्व नदिँदा पनि हुने थियो।’

ओलीले त्यस्ता प्रतिप्रश्न गरेका छन्, जसल जवाफभन्दा पनि ‘एक्सन’ खोज्छन्।  बुझ्दा प्रचण्डको सवालको ओलीले जवाफ दिएको बुझिए पनि यसले थप जवाफ मागेको छ। ती जवाफ अब भनाइमा मात्रै दिन सकिने खालका छैनन्, गराइमा दिनुपर्ने हुन्छ। गराइमा दिँदा दुई अध्यक्षको अब पार्टी एउटै नहुन सक्छ वा दुवै नेतृत्वमा नरहन पनि सक्छन्।

किनभने प्रचण्डले जहाँनेर ओलीबाट ‘अन्याय’ भएको महसुस गरेका छन्। त्यहीँनेर ओलीले स्वभाविक ठहर्‍याएका छन्। जहाँ प्रचण्डले गुमाएँ ठहर्‍याका छन्, त्यहीँ ओलीले बढी दिएको ठानेका छन्। पाँचै वर्ष ओलीलाई प्रधानमन्त्री चलाउन दिएर आफूले त्याग गरेको प्रचण्डको जवाफमा ओलीले ‘आधा–आधा प्रधानमन्त्री’ सहमति गर्न बाध्य पारिएको बताएका छन्। तत्कालीन एमालेसँग सरकार बनाउन १५ सिट मात्रै कम भएको स्मरण गराउँदै उनले आफूलाई प्रधानमन्त्री हुन नदिन प्रचण्डले प्रयास गरेको बताएका छन्।

ओलीले भनेका छन्, ‘निर्वाचन आयोगले ‘समानुपातिक तर्फको मतगणना गरेर राष्ट्रियसभाको निर्वाचन नहुञ्जेल प्रतिनिधिसभाको परिणाम घोषणा गर्न मिल्दैन’ भनेर निर्वाचन सकिएको झण्डै साढे दुई महिनासम्म परिणाम निकाल्न अस्वीकार गर्‍यो। आयोगमा तपाईंले सिफारिस गरेर पठाइएका साथीहरुको भूमिका यस सम्बन्धमा के थियो, दुनियाँलाई थाहा छ।’

यसबाट ओली सुरुदेखि नै प्रचण्डसँग वेखुस रहेको देखाउँछ। चुनावबाट तेस्रो पार्टीका रुपमा आएको पार्टीका अध्यक्षले ‘मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्याएँ’ भन्नु त्याग थियो कि सत्तालिप्सा भनेर प्रश्न समेत उनले गरेका छन्। 

सचिवालयमा बहुमत सदस्य प्रचण्डतर्फ देखिन्छन्। त्यसैका आधारमा ओलीलाई अहिलेको बैठक राख्न उनले बाध्य पारेका हुन्। त्यही आडमा भिड्ने मुडमा पुगेका प्रचण्डलाई उनले तत्कालीन माओवादी केन्द्रको वास्तविक हैसियत देखाएका छन्। अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थालेको भन्दै आफूले त्यसो गरेको भए स्थिति अर्कै हुने बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भनेका छन्, ‘केन्द्रीय कमिटी बनाउँदा होस् या अन्य कमिटी, कहिल्यै निर्वाचनमा प्राप्त करिब ३२ लाख र १३ लाखको अंकलाई मैले सम्झना गरिनँ।’

सम्झना गरिनँ भन्दा भन्दै सम्झिएको यो प्रसंगले ‘पावर सेयरिङ’को माग गरिरहेका प्रचण्डलाई अप्ठ्यारोमा पार्नेछ। ‘सिंगल-सिंगल भिड्ने हो’ शैलीमा ओलीले पार्टीमा अंकगणित  नै हेर्ने हो भने चार महिनापछि हुन लागेको महाधिवेशनमा खुल्ला प्रतिस्पर्धा गर्न आव्हान गरेका छन्। 

परिस्थिति यस्तो बन्दै गएको छ कि यतिबेला ओली र प्रचण्ड एकअर्कालाई स्वीकार्ने अवस्थामा छैनन्। समान हैसियतको खोजी प्रचण्डको मुद्दा बनेको छ भने आफू ठूलो पार्टीको अध्यक्ष भएकाले त्यही अनुसारको व्यवहार हुनुपर्छ भन्ने मनोभाव ओलीको छ। दुई अध्यक्ष फरक बाटोबाट एकै ठाउँमा पुग्ने सम्भावना छैन। पार्टीलाई एकीकृत राखिराख्ने हो भने दुवै अध्यक्षले नेतृत्वबाट बिदा लिनुपर्ने हुन्छ।

ओली मानसिक रुपमै पाँच वर्षपछि ‘रिटायर्ड’ हुन तयार जस्तो देखिन्छन्। तर, ओलीपछि यो पार्टीको नेतृत्व एकछत्र गर्न चाहने प्रचण्डका लागि एम्बुस थापेजस्तै मध्यमार्गी प्रस्ताव छ, ‘म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौं। बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔं र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौं। म यही दस्तावेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु। के तपाईं तयार हो?’

ओलीले आफूले अध्यक्षका रुपमा काम गरिरहेको कुरलाई स्वभाविक रुपमा लिन भनेका छन्। उनको तर्क छ, ‘के त्यो बैठकले मलाई अध्यक्ष पदबाटै निलम्बन या बर्खास्त गरेको थियो र? के सचिवालयले विधान संशोधन गरेर पार्टीमा एकजना सेरेमोनियल अध्यक्ष, अर्को एक्जेक्युटिभ अध्यक्ष हुने व्यवस्था गरेको थियो र?’

सरकार र सरकारमा रहेका केही व्यक्तिमाथि लागेका अनियमितताका विषय प्रचण्डले उठाएका सवाल उनीतिरै सोझ्याइदिएका छन्। जसले दुई अध्यक्ष पार्टी सञ्चालनको बहस होइन, हिलो छ्यापाछ्यापमा बढी सन्तुष्ट हुने स्पष्ट पार्छ। उनले नियमित र वैध आम्दानीको स्रोत नभए पनि ‘कतिपय नेताहरु’को जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी रहेको बताएका छन्। उनले भनेका छन्, ‘म त यस विषयमा केही नबोलौंला, व्यक्तिगत विषय पनि नबनाउँला। तर दुनियाँको मुख थुन्न सकिन्छ र? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु। तपाईं यसमा तयार हुनुहुन्छ?’

ओली कुनै पनि हालतमा पछि हट्ने छैनन्। त्यसलाई प्रष्ट भाषामा भनिसकेका पनि छन्। प्रचण्डले सुझाएको आत्मसमीक्षा वा आत्मालोचनाको बाटो त उनी बिराएर पनि हिँड्ने छैनन्। ओलीको उल्टो प्रचण्डलाई चुनौती छ, ‘यति ‘गम्भीर अपराध’ गरेपछि पनि, ‘आत्मालोचना’ गरेर उम्किन पाइन्छ? फेरि पनि मेरो तपाईंलाई चुनौती छ– कि यी आरोपहरु पुष्टि गर्नुस्, होइन भने परिणामको जवाफदेही लिन तयार हुनुस्।’

‘पत्रयुद्ध’ पछिको यो प्रतिवेदन युद्धमा दुई अध्यक्षकै सिङ बुच्चिएको छ। पार्टीको आन्तरिक जीवनको कुरा होइन, ‘धन ठूलो कि विद्या’ भनेर ओली र प्रचण्डलाई भिडाउने हो भने पनि जित ओलीकै हुन्छ। आफूलाई दिइएको विषयमा तथ्य र तर्कको समिश्रण गर्ने सीप उनीसँग छ। उनीसँग भएकाहरुसँग पनि धेरथोर छ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्