काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) दुई दिनको नेपाल भ्रमण समाप्त गरेर फर्के भारतीय विदेशसचिव हर्षवर्धन श्रृगला , नेपालका तर्फबाट लामो संवादहीनता तोडिएको दाबी (फर्किए भारतीय विदेश सचिव)
२) नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवार आरोप प्रत्यारोपमा, प्रधानले ढकाललाई जुनिएर देखाउँदा ढकालले लगाए प्रधानलाई अर्काको एजेन्डा बोकेको आरोप (व्यवसायीको चुनावी रस्साकस्सी)
३) गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ को मृत्यु , तीन घाइते, ब्रेक फेल हुँदा ४०० मिटर तल खस्यो जिप , चालक प्रहरी नियन्त्रणमा (जीप दुर्घटनामा ६ को मृत्यु)
४) भारतमा सरकारले जारी गरेको तीन कानुन विरुद्ध लाखौं किसान सडकमा ,चलो दिल्ली अभियान चलाउँदै किसानहरु दबाबका लागि दिल्ली जाँदै (भारतीय किसान आन्दोलित)
५) र, इटालियन क्लब नापोलीमा आफ्ना पूर्व खेलाडी डिएगो म्याराडोनाप्रति विभिन्न तरिकाले श्रद्धाञ्जली, युरोपा लिग खेलमा नापोलीका खेलाडीले खेलअघि म्याराडोनाको जर्सी लगाएर मैदानमा उभिए (म्यारोडोनाप्रति नापोलीमा श्रद्धाञ्जली)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।