काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो। बोर्डले अनुमति प्रदान गरेसँगै कम्पनीले केही दिनमा सर्वसाधारणका लागि जारी गर्नेछ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ। प्राथमिक सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ।
बीमा समितिले दुई वर्षअघि १० वटा जीवन बीमा कम्पनीलाई जीवन बीमा व्यवसाय सञ्चालका लागि अनुमति प्रदान गरेको थियो। नयाँ १० वटा कम्पनीमध्ये यसअघि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर निष्काशन गरिसकेको छ।
नयाँ अनुमतिप्राप्त कम्पनीमध्ये प्रभु दोस्रो प्राथमिक शेयर निष्काशनकर्ता परेको छ। कम्पनीको प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।