• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पेचिलो प्रहरी बढुवा : ९ डिआइजीका लागि ३ ब्याचका एसएसपी प्रतिस्पर्धामा

64x64
नारायण अधिकारी शुक्रबार, मंसिर १२, २०७७  १०:१३
1140x725

काठमाडौं-गत बुधबारको मन्त्रिपरिषद बैठकले प्रहरीको संठगन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पास गरेसँगै प्रहरीमा डिआइजी बढुवाको बाटो खुलेको छ। नेपाल प्रहरीमा १४ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी रहेकोमा ओएन्डएम पास भएसँगै ५ डिआइजीको दरबन्दी थप भएको छ।

अहिले प्रहरीमा थप भएका ५ र यसअघि कायम रहेको १४ मध्ये ३ पद रिक्त छन्। ओएन्डएम पास भइसकेको वर्तमान अवस्थामा नेपाल प्रहरीमा ८ डिआइजीको दरबन्दी खाली छ। गत बुधबार पास भएको ओएन्डएममा नेपाल प्रहरीमा १ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को दरबन्दी थप भएको छ। हाल कायम रहेका ११ डिआइजीमध्येबाट १ जना एआइजीमा बढुवा भएपछि ४ जना डिआइजीको दरबन्दी रिक्त हुनेछ। थप भएका ५ डिआइजीको दरबन्दीसमेत गर्दा ९ डिआइजीको पद खाली हुँदैछ।

डिआइजीमा बढुवा हुनका लागि अहिले तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रतिस्पर्धामा छन्। डिआइजी बढुवाका लागि शक्तिकेन्द्रमार्फत् लबिङ गर्न अहिले एसएसपीहरू दौडधुपमा छन्। प्रहरी महानिरीक्षक (आइजी)का ब्याची (२०४९ वैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना भएको टोली), २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएको टोली र २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएको टोली डिआइजी बढुवाको प्रतिस्पर्धामा छ।

हालका आइजी शैलेश थापा क्षेत्रीका ब्याची अर्थात् २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका मात्रै १४ जना एसएसपी अहिले डिआइजी बढुवाका लागि प्रतिस्पर्धामा छन्। यो ब्याचबाट गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दीलिपकुमार चौधरी, राजेशकुमार लाल कर्ण, डा देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रञ्जितकार, नरोत्तमलाल प्रधान, प्रकाश अधिकारी, देबबहादुर बाेगटी, राजेन्द्रप्रसाद चौधरी, किशोर दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ बढुवाका दाबेदार हुन्। 

डिआइजीको प्रतिस्पर्धामा रहेका आइजीका ब्याचीलाई नै बढुवामा पछि पार्दै २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएका मध्ये केहीले यसअघि नै डिआइजीको फुली लगाइसकेका छन्। अघिल्लो पटक बढुवामा छुटेका उनीहरू यो पटक पनि बढुवा हुनेमा ढुक्क छैनन्। त्यसैले यति बेला प्रहरीमा बढुवाका लागि शक्तिकेन्द्र धाउनेको संख्या ठूलै छ। उनीहरूले लबिङ तीव्र पारेका पनि छन्। 

Ncell 2
Ncell 2

२०४९ चैतमा निरीक्षक पदमा भर्ना भएको टोलीका केही प्रहरीहरू भने यसअघि नै बढुवा भइसकेका छन्। यही ब्याचका ११ जना भने अहिले पनि एसएसपी नै छन्। एसएसपीहरू सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द,  नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री, मसाउद अलाम खाँलगायत  पनि ९ जना डिआइजी भित्र पर्न लागिपरेका छन्। अघिल्लो पटकसमेत बढुवामा छुटेको भन्दै यो पटक जसरी पनि बढुवा हुनुपर्ने भन्दै शक्तिकेन्द्रमार्फत् लबिङलाई तीव्र पारेका हुन्।

यी दुई ब्याचकै प्रहरीहरू आइजीदेखि एआइजी, डिआइजीसम्म भइसकेका छन्। तर यो भन्दा पछिल्लो ब्याचका १४ एसएसपीहरू पनि बढुवा हुन लागिपरेका छन्। २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भई २०७५ मा २७ गते बढुवा भएका १४ एसएसपीमध्ये केही भने अहिलकै बढुवामा छिर्न लागिपरेका छन्। यो ब्याचबाट अहिलको बढुवा छिरेकोहरू भावी आइजीको बलियो प्रतिस्पर्धी हुने भएकाले पनि केही एसएसपी डिआइजीमा बढुवा लागि दबाब दिन लागिपरेका हुन्। 

यो ब्याचका एसएसपीहरू सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुवर, भीमप्रसाद ढकाल हुन्।

प्रतिस्पर्धी धरै र रिक्त दरबन्दी थोरै भएकाले डिआइजी बढुवा पेचिलो छ। प्रहरी निरीक्षकमा भर्ना लिँदा एकैपटक सय/डेढ सय हुने तर माथिल्लो पदको दरबन्दी भने कम हुने भएकाले प्रहरीका उच्च तहको बढुवा पेचिलो बन्ने गर्दछ।

नेपाल प्रहरीमा प्राविधिकबाहेक २६ जनासम्म डिआइजी थिए। गत चैतसम्ममा मात्रै नेपाल प्रहरीमा २६ डिआइजीको दरबन्दी थियो। त्यसलाई कटौती गरेर सरकारले १४ मा झारेको थियो। बिना ओएन्डएम एकैपटक यसरी दरबन्दी कटौती गर्दा तत्कालीन प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरीको करिअर बिग्रने भन्दै असन्तुष्टि जनाएका थिए। 

तर दरबन्दी कटौती गरेको ६ महिना नबित्दै फेरि सरकारले ५ डिआइजीको दरबन्दी थप गरेको छ। यति हुँदा पनि डिआइजी बढुवा सहज देखिँदैन। हरेक पटकजसो बढुवामा गुनासो हुने गरेको छ। कतिपय प्रहरी अधिकारीले त बढुवामा आफूलाई छुटाएको भन्दै राजीनामा समेत दिएका उदाहरण पनि छन्। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला कास्कीमा जन्मिएका ३८ वर्षीय डा. बास्तोलाले थाइल्याण्डको महिडोल विश्वविश्वद्यालबाट ट्रपिकल मेडिसिनमा एमडी र चिकित्सा विज्ञान राष्ट्रि... बिहीबार, माघ ८, २०८२
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो ‘हामीले हिजै टेलिफोन गरेर उपस्थित हुन भनेका छौं । उहाँ आइपुग्नु भएको छैन,’ एसपी अवस्थीले भने । बिहीबार, माघ ८, २०८२
निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई (परीक्षा तालिकासहित) निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुँदै आएको छ। मतपत्र छपाईको कारण परीक्षाको ता... बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला बिहीबार, माघ ८, २०८२
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली बिहीबार, माघ ८, २०८२
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्