• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पेचिलो प्रहरी बढुवा : ९ डिआइजीका लागि ३ ब्याचका एसएसपी प्रतिस्पर्धामा

64x64
नारायण अधिकारी शुक्रबार, मंसिर १२, २०७७  १०:१३
1140x725

काठमाडौं-गत बुधबारको मन्त्रिपरिषद बैठकले प्रहरीको संठगन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पास गरेसँगै प्रहरीमा डिआइजी बढुवाको बाटो खुलेको छ। नेपाल प्रहरीमा १४ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी रहेकोमा ओएन्डएम पास भएसँगै ५ डिआइजीको दरबन्दी थप भएको छ।

अहिले प्रहरीमा थप भएका ५ र यसअघि कायम रहेको १४ मध्ये ३ पद रिक्त छन्। ओएन्डएम पास भइसकेको वर्तमान अवस्थामा नेपाल प्रहरीमा ८ डिआइजीको दरबन्दी खाली छ। गत बुधबार पास भएको ओएन्डएममा नेपाल प्रहरीमा १ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को दरबन्दी थप भएको छ। हाल कायम रहेका ११ डिआइजीमध्येबाट १ जना एआइजीमा बढुवा भएपछि ४ जना डिआइजीको दरबन्दी रिक्त हुनेछ। थप भएका ५ डिआइजीको दरबन्दीसमेत गर्दा ९ डिआइजीको पद खाली हुँदैछ।

डिआइजीमा बढुवा हुनका लागि अहिले तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रतिस्पर्धामा छन्। डिआइजी बढुवाका लागि शक्तिकेन्द्रमार्फत् लबिङ गर्न अहिले एसएसपीहरू दौडधुपमा छन्। प्रहरी महानिरीक्षक (आइजी)का ब्याची (२०४९ वैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना भएको टोली), २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएको टोली र २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएको टोली डिआइजी बढुवाको प्रतिस्पर्धामा छ।

हालका आइजी शैलेश थापा क्षेत्रीका ब्याची अर्थात् २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका मात्रै १४ जना एसएसपी अहिले डिआइजी बढुवाका लागि प्रतिस्पर्धामा छन्। यो ब्याचबाट गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दीलिपकुमार चौधरी, राजेशकुमार लाल कर्ण, डा देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रञ्जितकार, नरोत्तमलाल प्रधान, प्रकाश अधिकारी, देबबहादुर बाेगटी, राजेन्द्रप्रसाद चौधरी, किशोर दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ बढुवाका दाबेदार हुन्। 

डिआइजीको प्रतिस्पर्धामा रहेका आइजीका ब्याचीलाई नै बढुवामा पछि पार्दै २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएका मध्ये केहीले यसअघि नै डिआइजीको फुली लगाइसकेका छन्। अघिल्लो पटक बढुवामा छुटेका उनीहरू यो पटक पनि बढुवा हुनेमा ढुक्क छैनन्। त्यसैले यति बेला प्रहरीमा बढुवाका लागि शक्तिकेन्द्र धाउनेको संख्या ठूलै छ। उनीहरूले लबिङ तीव्र पारेका पनि छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

२०४९ चैतमा निरीक्षक पदमा भर्ना भएको टोलीका केही प्रहरीहरू भने यसअघि नै बढुवा भइसकेका छन्। यही ब्याचका ११ जना भने अहिले पनि एसएसपी नै छन्। एसएसपीहरू सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द,  नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री, मसाउद अलाम खाँलगायत  पनि ९ जना डिआइजी भित्र पर्न लागिपरेका छन्। अघिल्लो पटकसमेत बढुवामा छुटेको भन्दै यो पटक जसरी पनि बढुवा हुनुपर्ने भन्दै शक्तिकेन्द्रमार्फत् लबिङलाई तीव्र पारेका हुन्।

यी दुई ब्याचकै प्रहरीहरू आइजीदेखि एआइजी, डिआइजीसम्म भइसकेका छन्। तर यो भन्दा पछिल्लो ब्याचका १४ एसएसपीहरू पनि बढुवा हुन लागिपरेका छन्। २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भई २०७५ मा २७ गते बढुवा भएका १४ एसएसपीमध्ये केही भने अहिलकै बढुवामा छिर्न लागिपरेका छन्। यो ब्याचबाट अहिलको बढुवा छिरेकोहरू भावी आइजीको बलियो प्रतिस्पर्धी हुने भएकाले पनि केही एसएसपी डिआइजीमा बढुवा लागि दबाब दिन लागिपरेका हुन्। 

यो ब्याचका एसएसपीहरू सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुवर, भीमप्रसाद ढकाल हुन्।

प्रतिस्पर्धी धरै र रिक्त दरबन्दी थोरै भएकाले डिआइजी बढुवा पेचिलो छ। प्रहरी निरीक्षकमा भर्ना लिँदा एकैपटक सय/डेढ सय हुने तर माथिल्लो पदको दरबन्दी भने कम हुने भएकाले प्रहरीका उच्च तहको बढुवा पेचिलो बन्ने गर्दछ।

नेपाल प्रहरीमा प्राविधिकबाहेक २६ जनासम्म डिआइजी थिए। गत चैतसम्ममा मात्रै नेपाल प्रहरीमा २६ डिआइजीको दरबन्दी थियो। त्यसलाई कटौती गरेर सरकारले १४ मा झारेको थियो। बिना ओएन्डएम एकैपटक यसरी दरबन्दी कटौती गर्दा तत्कालीन प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरीको करिअर बिग्रने भन्दै असन्तुष्टि जनाएका थिए। 

तर दरबन्दी कटौती गरेको ६ महिना नबित्दै फेरि सरकारले ५ डिआइजीको दरबन्दी थप गरेको छ। यति हुँदा पनि डिआइजी बढुवा सहज देखिँदैन। हरेक पटकजसो बढुवामा गुनासो हुने गरेको छ। कतिपय प्रहरी अधिकारीले त बढुवामा आफूलाई छुटाएको भन्दै राजीनामा समेत दिएका उदाहरण पनि छन्। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याए... सोमबार, चैत ३०, २०८२
चौतर्फी आलोचना भएपछि युट्युबर पोखरेल रिहा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत-२६ गते पक्राउ परेका थिए । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ल... आइतबार, चैत २९, २०८२
नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठुलो सम्भावना छ : मन्त्री चौधरी वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् । आइतबार, चैत २९, २०८२
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, चैत ३०, २०८२
ओर्बन युगको अन्त्य, हङ्गेरीमा नयाँ मोड सोमबार, चैत ३०, २०८२
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग सोमबार, चैत ३०, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्