काठमाडौं–राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको निधन भएको छ। कोरोना संक्रमित उनको बिहीबार निधन भएको हो।
खिलराज रेग्मीको मन्त्रिपरिषदले शाक्यलाई योजना आयोगको उपाध्यक्ष बनाएको थियो। त्यसअघि उनी अर्थ मन्त्रालयका सल्लाहकार थिए। शाक्य अवकाशप्राप्त सचिव पनि हुन्।
उनले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए।
कात्तिक २० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल गएका थिए। शाक्यलाई मंगलबार मेडिसिटी अस्पताल लगिएको थियो। उनको त्यहीँ निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।