महोत्तरी- बर्दिबासमा प्रदर्शनकारीले निषेधाज्ञा तोड्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। स्थानीय एक बालिकाको बलात्कारपछि हत्या गरिएको विरोधमा प्रदर्शनकारीले प्रहरीको निषेधाज्ञा तोडेर इलाका प्रहरी कार्यालय गौरीडाँडा घेर्न जानेक्रममा झडप भएको हो।
बालिकाको बलात्कारपछि हत्या र संजय न्यौपानेको प्रहरीको गोली लागी भएको मृत्यु प्रहरीको योजनाअनुरूप भएको आरोप लगाउँदै स्थानीयहरू थप आक्रोशित भएका हुन्।
संजय न्यौपानेलाई गोली हान्ने र गोली हान्न आदेश दिने प्रहरीलाई तत्काल निलम्बन गर्नुपर्ने, मृतक संजयलाई शहीद घोषणा गर्नुपर्ने र उनको परिवारको भरणपोषण तथा बच्चाबच्चीको शिक्षा/दीक्षामा समेत सरकारले जिम्मेवारी लिनुपर्ने माग गर्दै स्थानीयहरूले नाराबाजी गरेका हुन्।
महोत्तरीको सदरमुकाम जलेश्वर र भङगाह नगरपालिकामा पनि पीडित परिवारले न्याय पाउनुपर्ने भन्दै स्थानीयहरूले प्रदर्शन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।