काठमाडौं–एनएमबी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। संस्थाको १०८ औ सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
संस्थाको हालको चुक्ता पुँजी ४५ करोड ३६ लाख रुपैयाँ रहेको छ। ८ करोड ६१ लाख रुपैयाँ बोनस शेयरपछि संस्थाको चुक्ता पुँजी ५३ करोड ९७ करोड रुपैयाँ पुग्नेछ। संस्थाले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट पारित भएपछि साधारणसभा बोलाउने छ। साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुले पाउने छन्।
हाल दोस्रो बजारमा संस्थाको बजार मूल्य ९०० रुपैयाँ छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा संस्थाले सतप्रतिशत भन्दा धेरैले नाफा सुधार गरेको छ। प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ।
एनएमबी लघुवित्त वित्तीय संस्थाले विगत वर्षमा वितरण गरेको लाभांश
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।