काठमाडौं–काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मङ्गलबार मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीका अनुसार ट्रकलाई मोड नपुगेपछि साहु विष्ट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।