काठमाडौं- महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्या विरोधमा भएको प्रर्दशनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ।
प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेलाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। न्यौपानेसँगै अफताब आलम र श्याम कार्की घाइते भएका थिए। दुई घाइतेको बर्दिबासमै उपचार भइरहेको छ।
बालिकाको हत्या आरोपमा महोत्तरीको गौशाला–५ का अरुणकुरमा साह पक्राउ परेका छन्। आइतबार साँझ हराएकी बालिका गुलाप्साको शव सोमबार राति घर नजिकैको एक झाडीमा फेला परेको थियो।
हत्याको बिरोधमा मंगलबार बिहानैदेखि बर्दिबासमा प्रदर्शन भ्एको थियो।
आक्रोशित स्थानीयले सडकमा प्रर्दशन गर्नुका साथै अभियुक्तको घरमा समेत आगो लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।