• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कानुनको प्रभावकारिता पक्ष

64x64
भानु बोखिम बुधबार, मंसिर १०, २०७७  ०८:२८
1140x725

सरकारले बलात्कारको घटना मेलमिलाप गराउनेलाई तीन वर्ष कैद गर्ने कानुन ल्याएको छ। समाजमा अपराध न्यूनीकरण गर्न यसरी कानुन आउनु राम्रो हो। तर अपराध कम गर्न कानुन मात्र पर्याप्त हुँदैन। मानिसको संस्कार, स्वभाव र समाजको संरचनासँग जोडिएका क्रियाकलापमा परिवर्तन ल्याउन पनि जरुरी छ।

अध्यादेशमार्फत् बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई सजायको व्यवस्था सह्रानीय छ। यो विषयमा समाचार प्रकाशित भएपछि सरकारको प्रशंसामा सामाजिक सञ्जालको पर्खाल रंगिएका छन्। समुदायमा रहेका पीडित तथा यो विषयमा चासो राख्नेहरूको मन खुसीले तरंगित हुँदै गर्दा लेखकले भने एक अधिवक्ता मित्रको भनाइ सम्झियो। 

नेपालगञ्जका मित्र विश्वजित तिवारीले भनेका थिए- कानुन त धेरै छन्। त्यसैले अब कानुन बनाउने मात्र होइन, हामीसँग भएका कानुनबारे सर्वसाधरणलाई बुझाउनु पनि जरुरी छ। उनीहरूले कानुनमा यस्तो रहेछ भन्ने बुझे भने त पालन गर्छन्। 

नयाँ कानुन निर्माणको सवालमा तिवारीसँग विमति राख्न सकिएला। तर कानुनको बारेमा सर्वसाधारणलाई बुझाउनुपर्ने आवश्यकतालाई नकार्न भने सकिँदैन। धेरै ऐन/कानुन निर्माण भएर पनि प्रभावहीन भएको यथार्थ हामीसँग छ। सरकार तथा सरकारी निकायले दिलचस्पी नदिएको कारण कार्यान्वयन पक्ष फितलो भएकोमा दुईमत छैन। 

कानुन कार्यान्वयन खास घटना भएपछि जोडबल गरेर मात्र हुँदैन। यस्तो कानुनी व्यवस्था छ भनेर अगावै सुसूचित गर्न पनि जरुरी छ। साथै कानुन अझ कसरी प्रभावकारी बनाउने भनेर पनि सोच्न जरुरी छ। प्रभावकारी बनाउने भनेको यसलाई अवरोध गर्ने पक्षलाई हटाउँदै जाने हो जो हाम्रो सामाजिक संरचना र साथै संरचना अनुसारको अभ्यास र मनोविज्ञानसँग जोडिएको छ। 

समाजमा विभिन्न किसिमका फौजदारी अपराध हुन पुग्छन्। यस्ता अपराधका घटनामा पनि मेलमिलापको नीति अपनाउने गरिएको छ। तीमध्ये एक हो बलात्कारको घटना। यस्ता आपराधिक घटना मेलमिलाप गराउनुमा समाज वा गाउँको सामूहिक मनोविज्ञानसँग जोडिएको हुन्छ। समाजका हर्ताकर्ताहरू आफ्नो समाज अरुको नजरमा बदनाम नहोस् भन्ने चाहन्छन्। साथै उनीहरू नराम्रो तथा आपराधिक घटना बाहिर गए समाजको छवि धुमिल हुने सोच्छन्। आपराधिक घटना प्रहरीकोमा पुर्‍याएर सार्वजनिक भए अन्य क्षेत्रका मानिसले पनि थाहा पाउँछन् भन्ने डरले भूमिका खेल्छ। यस्तोमा उनीहरु समाजको प्रतिष्ठा भन्दै मेलमिलाप गराउनतिर लाग्छन्। 

आपराधिक घटना मेलमिलाप गराउन लाग्दा अपराधीको मनोबल बढ्छ भन्ने कुरा चाँहि भुलेको वा नजरअन्दाज गरेको पाइन्छ। यही कारण अपराधीको मनोबल बढेर धेरैतिर घटना दोहोरिएका छन्। तसर्थ समाजको प्रतिष्ठा जोगाउने नाममा मेलमिलापले समाजभित्र अपराधलाई मलजल गरिरहेको छ। 

अर्कोतिर प्रहरी प्रशासनले पीडितको उजुरी नलिएको घटना पनि प्रशस्तै छन्। त्यस्ता पीडितको उजुरी दर्ता हुँदैन, जो समाजमा कमजोर छन्। उनीहरु समाजमा पछि परेकै कारणले हेपिएका छन्। अर्कोतिर समाजको अर्को बलशाली पक्षले आफ्नो शक्ति प्रदर्शनको रुपमा हेरेको देखिन्छ। एउटा अपराधको घटनामा कमजोरले नियति ठान्नु र बलशालीले आफ्नो प्रभुत्वको मापन गर्नु समाजको तितो यथार्थ पनि हो। यही कारण समाजमा पछाडि परेका वा सीमान्तकृतले भोगेको समस्या प्रहरी प्रशासनसम्म आई नै पुग्दैन। यस्ता कमजोर पीडितमध्ये थोरै मात्र प्रहरी प्रशासनसम्म आइपुग्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

तर पीडितको उजुरी मात्र आइपुग्दैन। बलशाली पीडकको दबाब पनि सँगसँगै प्रहरी प्रशासनमा आइपुग्छ। साथै प्रहरी प्रशासनमा तिनै समुदायको वर्चश्व छ, जो समाजमा पनि वर्चश्व राख्छन्। समाजमा आफ्नो समुदायले हेपेर राखेको समुदायको मानिसले उजुरी लिएर आउँदा कतिपय राज्य संयन्त्रमा बसेकाहरू पूर्वाग्राही हुनु स्वाभाविक छ। यसलाई राजनीतिक नेतृत्व प्रदान गर्नेले प्रशासनलाई कडा निर्देशन दिएर कानुन कार्यान्वयन प्रभावकारी बनाउने हो। तर राजनीति गर्ने नेताहरूमै यस्तो मनोविज्ञान व्याप्त छ। त्यही कारण राज्य संयन्त्रबाट पीडितलाई निराश तुल्याउने काम प्रशस्तै भएका छन्। 

राज्य संयन्त्रमा आफ्नो पँहुच भएपछि समाजका शक्तिशाली व्यक्ति तथा समुदायमा हेपाहा प्रवृत्ति जन्मिनु स्वाभाविक छ। यस्तो प्रवृत्तिले कमजोर व्यक्ति तथा समुदायमाथि थिचोमिचो त गर्छ नै, कहिलेकाहीँ आपराधिक घटना हुन पुग्छन्। प्रतिकार गर्न नसक्नेमाथि कहिलेकाहीँ आफ्नो कलुसित सोच तथा स्वार्थ पूरा गर्न बलशाली तयार हुन्छन्। यस्ताले आवेगमा अपराध गर्लान् तर अपराधलाई लुकाउन भने सोचीसम्झी लाग्छन्। अपराधले निश्चय नै व्यक्तिको मानप्रतिष्ठामा आँच पुर्‍याउँछ। प्रतिष्ठा जोगाउने नाममा प्रभावशाली व्यक्ति तथा समुदायका मानिसले अपराध गरेपछि कानुन कार्यान्वयनको फितलो पक्ष आफ्नो हितमा प्रयोग गर्न खोज्नु स्वाभाविक छ। समाजका बलशाली तथा प्रभावशाली व्यक्तिले यो अभ्यास गर्दै पनि आएका छन्। 

अर्कोतिर हाम्रो समाज तथा समुदायमा न्याय सम्पादनका आफ्नै अभ्यास छन्। निश्चय नै तुलनात्मक रूपमा यस्ता अभ्यास घट्दै गएका छन् तर पूर्ण रूपमा हराइसकेका छैनन्। राज्यले बनाएको कानुन पूर्ण रूपमा पालन नहुनुमा पुरातन अभ्यासको प्रभाव समुदायमा जारी छ भन्ने हो। यस्तो मनोविज्ञान रहनुमा देशमा आधुनिक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित कानुनी अभ्यासको इतिहास लामो नहुनु पनि हो। 

जंगबहादुरको मुलुकी ऐनलाई आधुनिक कानुन मान्न सकिँदैन। यसले आफैँमा विभेदको अभ्यास गरेको थियो। यसले बसाएको अभ्यासकै कारण आज पनि समाजमा विभेद र अपराध भइरहेका छन्। देशमा मानव अधिकार र समानतालाई आधार बनाएर ऐन कानुन निर्माण गर्न थालिएको एक शताब्दी पनि भएको छैन। आधुनिक कानुनको अभ्यास लामो नहुँदा स्वभाविक रुपमा समाजका प्रथागत अभ्यास जीवित हुन्छन्। समुदाय, धर्म, र क्षेत्र अनुसार न्याय सम्पादनका हाम्रा आफ्नै अभ्यास छन्। जसले समुदायको र समाजको मुद्धा स्थानीयस्तरमै मिलाउनमा जोड दिन्छ। स्थानीय समस्या स्थानीय स्तरमै मिलाउनु राम्रो हो, तर यसले कतिपय अवस्थामा समस्यालाई अझ जटिल बनाउने तथा अपराधलाई बढाउने सम्भावना हुन्छ। 

हाम्रो परिप्रेक्ष्यमा कानुन निर्माणसँग यसको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिनुपर्छ। साथै समाजमा हुने हरेक घटनाको निम्ति कानुन नहुन सक्छ। यस्तो बेला न्याय सम्पादन गर्ने वा समाजमा सुरक्षा प्रदान गर्ने निकायले विवेक प्रयोग गर्नुपर्छ। तर माथि चर्चा गरिएका विभिन्न पक्षले विवेक प्रयोग हुन दिइरहेको हुँदैन। त्यही कारण अब राज्यले कानुन निर्माणसँगै कानुन कार्यन्वयनमा अवरोध ल्याउने तत्वतिर पनि ध्यान केन्द्रित गर्नु जरुरी छ। अन्यथा सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाउने ऐनको कुरा जस्तै हुन्छ। नेपालको मौजुदा ऐन अनुसार सार्वजनिक स्थानमा धुमपान गर्न पाइँदैन तर यत्रतत्र धुमपान भइरहेको छ। 

कानुनको प्रभावकारी कार्यान्वयन भनेको कानुनको बोध गराउनु पनि हो। ऐन कानुनको निर्माण मात्र पर्याप्त हुँदैन। राज्य संयन्त्रले अपराधअनुसार कानुनी सजाय त दिनुपर्छ नै, साथै कानुनी व्यवस्थाबारे सुसूचित पनि गर्नुपर्छ। 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  ०८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरेको दाबी गरिरहेको छ। सामाजिक सञ्जालमा सरकारी सक्रियताका तस्वीर र सूचना पनि आइरह... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्