• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २०, २०८३ Sat, Jul 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कानुनको प्रभावकारिता पक्ष

64x64
भानु बोखिम बुधबार, मंसिर १०, २०७७  ०८:२८
1140x725

सरकारले बलात्कारको घटना मेलमिलाप गराउनेलाई तीन वर्ष कैद गर्ने कानुन ल्याएको छ। समाजमा अपराध न्यूनीकरण गर्न यसरी कानुन आउनु राम्रो हो। तर अपराध कम गर्न कानुन मात्र पर्याप्त हुँदैन। मानिसको संस्कार, स्वभाव र समाजको संरचनासँग जोडिएका क्रियाकलापमा परिवर्तन ल्याउन पनि जरुरी छ।

अध्यादेशमार्फत् बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई सजायको व्यवस्था सह्रानीय छ। यो विषयमा समाचार प्रकाशित भएपछि सरकारको प्रशंसामा सामाजिक सञ्जालको पर्खाल रंगिएका छन्। समुदायमा रहेका पीडित तथा यो विषयमा चासो राख्नेहरूको मन खुसीले तरंगित हुँदै गर्दा लेखकले भने एक अधिवक्ता मित्रको भनाइ सम्झियो। 

नेपालगञ्जका मित्र विश्वजित तिवारीले भनेका थिए- कानुन त धेरै छन्। त्यसैले अब कानुन बनाउने मात्र होइन, हामीसँग भएका कानुनबारे सर्वसाधरणलाई बुझाउनु पनि जरुरी छ। उनीहरूले कानुनमा यस्तो रहेछ भन्ने बुझे भने त पालन गर्छन्। 

नयाँ कानुन निर्माणको सवालमा तिवारीसँग विमति राख्न सकिएला। तर कानुनको बारेमा सर्वसाधारणलाई बुझाउनुपर्ने आवश्यकतालाई नकार्न भने सकिँदैन। धेरै ऐन/कानुन निर्माण भएर पनि प्रभावहीन भएको यथार्थ हामीसँग छ। सरकार तथा सरकारी निकायले दिलचस्पी नदिएको कारण कार्यान्वयन पक्ष फितलो भएकोमा दुईमत छैन। 

कानुन कार्यान्वयन खास घटना भएपछि जोडबल गरेर मात्र हुँदैन। यस्तो कानुनी व्यवस्था छ भनेर अगावै सुसूचित गर्न पनि जरुरी छ। साथै कानुन अझ कसरी प्रभावकारी बनाउने भनेर पनि सोच्न जरुरी छ। प्रभावकारी बनाउने भनेको यसलाई अवरोध गर्ने पक्षलाई हटाउँदै जाने हो जो हाम्रो सामाजिक संरचना र साथै संरचना अनुसारको अभ्यास र मनोविज्ञानसँग जोडिएको छ। 

समाजमा विभिन्न किसिमका फौजदारी अपराध हुन पुग्छन्। यस्ता अपराधका घटनामा पनि मेलमिलापको नीति अपनाउने गरिएको छ। तीमध्ये एक हो बलात्कारको घटना। यस्ता आपराधिक घटना मेलमिलाप गराउनुमा समाज वा गाउँको सामूहिक मनोविज्ञानसँग जोडिएको हुन्छ। समाजका हर्ताकर्ताहरू आफ्नो समाज अरुको नजरमा बदनाम नहोस् भन्ने चाहन्छन्। साथै उनीहरू नराम्रो तथा आपराधिक घटना बाहिर गए समाजको छवि धुमिल हुने सोच्छन्। आपराधिक घटना प्रहरीकोमा पुर्‍याएर सार्वजनिक भए अन्य क्षेत्रका मानिसले पनि थाहा पाउँछन् भन्ने डरले भूमिका खेल्छ। यस्तोमा उनीहरु समाजको प्रतिष्ठा भन्दै मेलमिलाप गराउनतिर लाग्छन्। 

आपराधिक घटना मेलमिलाप गराउन लाग्दा अपराधीको मनोबल बढ्छ भन्ने कुरा चाँहि भुलेको वा नजरअन्दाज गरेको पाइन्छ। यही कारण अपराधीको मनोबल बढेर धेरैतिर घटना दोहोरिएका छन्। तसर्थ समाजको प्रतिष्ठा जोगाउने नाममा मेलमिलापले समाजभित्र अपराधलाई मलजल गरिरहेको छ। 

अर्कोतिर प्रहरी प्रशासनले पीडितको उजुरी नलिएको घटना पनि प्रशस्तै छन्। त्यस्ता पीडितको उजुरी दर्ता हुँदैन, जो समाजमा कमजोर छन्। उनीहरु समाजमा पछि परेकै कारणले हेपिएका छन्। अर्कोतिर समाजको अर्को बलशाली पक्षले आफ्नो शक्ति प्रदर्शनको रुपमा हेरेको देखिन्छ। एउटा अपराधको घटनामा कमजोरले नियति ठान्नु र बलशालीले आफ्नो प्रभुत्वको मापन गर्नु समाजको तितो यथार्थ पनि हो। यही कारण समाजमा पछाडि परेका वा सीमान्तकृतले भोगेको समस्या प्रहरी प्रशासनसम्म आई नै पुग्दैन। यस्ता कमजोर पीडितमध्ये थोरै मात्र प्रहरी प्रशासनसम्म आइपुग्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

तर पीडितको उजुरी मात्र आइपुग्दैन। बलशाली पीडकको दबाब पनि सँगसँगै प्रहरी प्रशासनमा आइपुग्छ। साथै प्रहरी प्रशासनमा तिनै समुदायको वर्चश्व छ, जो समाजमा पनि वर्चश्व राख्छन्। समाजमा आफ्नो समुदायले हेपेर राखेको समुदायको मानिसले उजुरी लिएर आउँदा कतिपय राज्य संयन्त्रमा बसेकाहरू पूर्वाग्राही हुनु स्वाभाविक छ। यसलाई राजनीतिक नेतृत्व प्रदान गर्नेले प्रशासनलाई कडा निर्देशन दिएर कानुन कार्यान्वयन प्रभावकारी बनाउने हो। तर राजनीति गर्ने नेताहरूमै यस्तो मनोविज्ञान व्याप्त छ। त्यही कारण राज्य संयन्त्रबाट पीडितलाई निराश तुल्याउने काम प्रशस्तै भएका छन्। 

राज्य संयन्त्रमा आफ्नो पँहुच भएपछि समाजका शक्तिशाली व्यक्ति तथा समुदायमा हेपाहा प्रवृत्ति जन्मिनु स्वाभाविक छ। यस्तो प्रवृत्तिले कमजोर व्यक्ति तथा समुदायमाथि थिचोमिचो त गर्छ नै, कहिलेकाहीँ आपराधिक घटना हुन पुग्छन्। प्रतिकार गर्न नसक्नेमाथि कहिलेकाहीँ आफ्नो कलुसित सोच तथा स्वार्थ पूरा गर्न बलशाली तयार हुन्छन्। यस्ताले आवेगमा अपराध गर्लान् तर अपराधलाई लुकाउन भने सोचीसम्झी लाग्छन्। अपराधले निश्चय नै व्यक्तिको मानप्रतिष्ठामा आँच पुर्‍याउँछ। प्रतिष्ठा जोगाउने नाममा प्रभावशाली व्यक्ति तथा समुदायका मानिसले अपराध गरेपछि कानुन कार्यान्वयनको फितलो पक्ष आफ्नो हितमा प्रयोग गर्न खोज्नु स्वाभाविक छ। समाजका बलशाली तथा प्रभावशाली व्यक्तिले यो अभ्यास गर्दै पनि आएका छन्। 

अर्कोतिर हाम्रो समाज तथा समुदायमा न्याय सम्पादनका आफ्नै अभ्यास छन्। निश्चय नै तुलनात्मक रूपमा यस्ता अभ्यास घट्दै गएका छन् तर पूर्ण रूपमा हराइसकेका छैनन्। राज्यले बनाएको कानुन पूर्ण रूपमा पालन नहुनुमा पुरातन अभ्यासको प्रभाव समुदायमा जारी छ भन्ने हो। यस्तो मनोविज्ञान रहनुमा देशमा आधुनिक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित कानुनी अभ्यासको इतिहास लामो नहुनु पनि हो। 

जंगबहादुरको मुलुकी ऐनलाई आधुनिक कानुन मान्न सकिँदैन। यसले आफैँमा विभेदको अभ्यास गरेको थियो। यसले बसाएको अभ्यासकै कारण आज पनि समाजमा विभेद र अपराध भइरहेका छन्। देशमा मानव अधिकार र समानतालाई आधार बनाएर ऐन कानुन निर्माण गर्न थालिएको एक शताब्दी पनि भएको छैन। आधुनिक कानुनको अभ्यास लामो नहुँदा स्वभाविक रुपमा समाजका प्रथागत अभ्यास जीवित हुन्छन्। समुदाय, धर्म, र क्षेत्र अनुसार न्याय सम्पादनका हाम्रा आफ्नै अभ्यास छन्। जसले समुदायको र समाजको मुद्धा स्थानीयस्तरमै मिलाउनमा जोड दिन्छ। स्थानीय समस्या स्थानीय स्तरमै मिलाउनु राम्रो हो, तर यसले कतिपय अवस्थामा समस्यालाई अझ जटिल बनाउने तथा अपराधलाई बढाउने सम्भावना हुन्छ। 

हाम्रो परिप्रेक्ष्यमा कानुन निर्माणसँग यसको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिनुपर्छ। साथै समाजमा हुने हरेक घटनाको निम्ति कानुन नहुन सक्छ। यस्तो बेला न्याय सम्पादन गर्ने वा समाजमा सुरक्षा प्रदान गर्ने निकायले विवेक प्रयोग गर्नुपर्छ। तर माथि चर्चा गरिएका विभिन्न पक्षले विवेक प्रयोग हुन दिइरहेको हुँदैन। त्यही कारण अब राज्यले कानुन निर्माणसँगै कानुन कार्यन्वयनमा अवरोध ल्याउने तत्वतिर पनि ध्यान केन्द्रित गर्नु जरुरी छ। अन्यथा सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाउने ऐनको कुरा जस्तै हुन्छ। नेपालको मौजुदा ऐन अनुसार सार्वजनिक स्थानमा धुमपान गर्न पाइँदैन तर यत्रतत्र धुमपान भइरहेको छ। 

कानुनको प्रभावकारी कार्यान्वयन भनेको कानुनको बोध गराउनु पनि हो। ऐन कानुनको निर्माण मात्र पर्याप्त हुँदैन। राज्य संयन्त्रले अपराधअनुसार कानुनी सजाय त दिनुपर्छ नै, साथै कानुनी व्यवस्थाबारे सुसूचित पनि गर्नुपर्छ। 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  ०८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
भेनेजुएलामा भूकम्प अपडेट: मृतकको संख्या दुई हजार ६४५ पुग्यो शनिबार, असार २०, २०८३
‘मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ’ : अर्थमन्त्री शनिबार, असार २०, २०८३
प्रचण्डले भने– सरकारका सय दिन पूर्णत असफल शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन–कुन टीम पुगे ? शनिबार, असार २०, २०८३
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको सुविधाबापत रकम असार २५ भित्र भुक्तानी गर्न महालेखाको निर्देशन शनिबार, असार २०, २०८३
सरकारको १०० दिन: सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्