काठमाडौं–कक्षा १२ को परीक्षा सञ्चालनसँगै निजी उच्च माध्यमिक विद्यालयहरुले चर्को शुल्क असुलेको प्रति नेपाल विद्यार्थी संघले विरोध जनाएको छ।
नियमित कक्षा हुन नसकेको साथै प्रत्यक्ष पाठनपाठन नभएको समयमा अनावश्यक शुल्कको बोझ अभिभावकमा थपिएको संघले जनाएको छ। अतिरिक्त शीर्षकमा शुल्क उठाउन नपाउने समयमा थप भार पारिएकाे संघकाे भनाइ छ।
राष्ट्रिय परिक्षा बाेर्डले कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु गरेको छ। गत बैशाखमा हुने परीक्षा कोरोनाका कारणले सात महिनापछि सारेको थियो। परीक्षामा समावेश गर्ने क्रममा केही निजी उच्च माविले शुल्क आतंक मच्चाएको संघले जनाएको छ।
सरकारको संरक्षणमा शिक्षा क्षेत्र माफियाकरण भएको संघका महामन्त्री बलदेव तिमल्सिनाले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।