काठमाडौं–प्रभु बैंकले आफ्ना ग्राहकहरुका लागि इलेक्ट्रोनिक्स केवाइसी सेवा सञ्चालनमा ल्याएको छ। प्रभु बैंकमा खाता खोली कारोबार गर्ने सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइटमा लग इन गरी अनलाइनमार्फत् केवाइसी अद्यावधिक गर्ने व्यवस्था मिलाएको छ।
यस्तो व्यवस्थासँगै ग्राहकहरुले केवाइसी अपडेट गर्ने बैंकको कार्यालयमा पुग्नु पर्ने छैन। यस्तो सेवाको सुरुवातसँगै नियमित रुपमा खाता सञ्चालन गर्न ग्राहकहरुलाई सहज हुने बैंकले जनाएको छ।
यस्तो सेवाबाट ग्राहकहरुले आफ्नो समयको बचत गरि अन्य कामका लागि सदुपयोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।