• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अब नेपाली फुटबल कता? 

64x64
सराेज तामाङ मंगलबार, मंसिर ९, २०७७  १२:०७
1140x725

काठमाडौं- खेलकुद गतिविधि ठप्प हुँदा निराश देखिएका फुटबलर आठ महिनापछि मैदान फर्किए। तर मैदान फर्किएको खुसी खेल नतिजाका कारण टिकिरहन सकेन। बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलमा नेपालले एक खेल हार्यो, दोस्रो खेल बराबरीमा सकियो। त्यसले नेपाली फुटबलले के सिक्न पायो त? 

खेल्न नपाएर यत्तिकै बस्दाको समस्याले धेरै खेलाडीको विरोधपछि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भयो। एकातिर कोरोनाको डर अर्कोतर्फ लामो समयपछि मैदानमा फर्किन पाउने उत्साह। बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नुभन्दा अघि फरवार्ड नवयुग श्रेष्ठले चिन्ता ब्यक्त गर्दै भनेका थिए, ‘पहिलेको जस्तो स्टामिना छैन। पुरानै लयमा फर्किन समय लाग्छ।’

२०१८ को साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामै २-० गोलअन्तरले पराजित गरेको थियो। नवयुगले भने जस्तै बंगलादेशविरुद्धको खेलमा खेलाडीमा पहिलेको जस्तो स्टामिना देखिएन। दोस्रो खेलमा गोलरहित बराबरीको भन्दा पहिलो खेलमा २-० गोलको हार बिर्सनलायक रह्यो।

नवयुग भन्छन्, ‘हामीलाई मानसिक रुपमा दबाब भयो। हामीले पटक पटक कोरोना परिक्षण गर्नु परिरहेको थियो। बंगलादेश पुगेपछि पनि एक जना खेलाडीमा कोरोना पोजेटिभ भयो, त्यसपछि झनै डर फैलियो। यसले पनि केही असर गर्यो।’

हुन त काठमाडौंमा करिब एक साता अभ्यास गर्दा सिनियर खेलाडीलाई कोरोना लागेपछि आठ नयाँ अनुहारसहित नेपाली टिम ढाका पुगेको थियो। कोरोनाले थिलोथिलो परेको नेपाली फुटबल टिममा ६ नयाँ अनुहारले मौका पाए। 

बंगलादेशविरुद्ध पहिलो खेलमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले डेब्यु गरेका थिए भने दोस्रो खेलमा छिरिङ गुरुङ, सेसेहाङ आङ्देम्बे र पुजन उपरकोटीले डेब्यु गरे। अनुभवि पुराना खेलाडी र नयाँ अनुहारको समिश्रणमा नेपालले सोचे जस्तो नतिजा निकाल्न नसके पनि केही नयाँ खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। मुख्य प्रशिक्षक बालगोपाल महर्जन पनि नयाँ खेलाडीको प्रदर्शनमा सन्तुष्ट नै छन्। तर समग्रमा नतिजाको हिसाबले उनी सन्तुष्ट छैनन्। भन्छन्, ‘तयारी छोटो थियो। नतिजाबाट सन्तुष्ट हुने अवस्था त छैन। कि जित कि बराबरी भनेर गएको एक खेलमा हार्न पुग्यौं।’

अभ्यास गर्नुअघि आफूले दिएको अभिब्यक्ति सहि सावित भएको नवयुगको ठहर छ। ‘खेलिरहँदा खेलाडीमा हुने स्तर र नखेली बस्दा खेलाडीमा पर्ने भद्दापन अलग्गै छुटिने’, नवयुगले भने, ‘हामीले थोरै समयमा अभ्यास त गर्यौं। धेरै गाह्रो नभए पनि समस्या चाहिँ हुँदो रहेछ। पहिलेको जस्तो खेल्न नसकिएको चाहिँ हो।’

Ncell 2
Ncell 2
nimb
nimb

अब के छ योजना?
जति हारमा पाठ सिकिन्छ। त्यो जितमा पाइँदैन। करिब दुई वर्षअघि पराजित गरेको बंगलादेशसँग अहिले हार्दा नेपाली टिमले राम्रै पाठ सिकेको हुनुपर्छ। कोरोनाको महामारी बंगलादेशले नभोगेको होइन। समस्याहरु बंगलादेश टिमसँग नभएको होइन तर नतिजा बंगलादेशको पोल्टामा गयो। त्यसमा टिमले कत्तिको समीक्षा गरेको छ? एन्फाले के योजना बनाउँदै छ? त्यो देखिने नै छ। 

करिब एक वर्षपछि नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो। यो निकै लामो अवधि हो। त्यसकारण पनि खेलाडीमा प्रदर्शन खस्किनु स्वभाविक हो। तर अबको यात्रा नेपाली टिमको कस्तो हुन्छ? यसले महत्वपूर्ण अर्थ राख्छ।

राष्ट्रिय टिमको आगामी योजना र तयारी बारे एन्फाले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन। तर केही दिनमै कार्यसमितिको बैठक बसेर सुरक्षाका उपायाहरु अपनाउँदै तयारी थाल्ने अध्यक्ष कर्माछिरिङ शेर्पा बताउँछन्। उनले भने, ‘केही दिनमै कार्यसमितिको बैठक हुन्छ। टेक्निकल कमिटी र टेक्निकल विभागले योजनाहरु बनाइरहेको छ। कार्यसमितिको बैठकपछि मात्रै थाहा हुन्छ।’

अहिले नेपाली टिम एन्फा एकेडेमीमा क्वारेन्टाइनमा छ। एन्फाको क्वारेन्टाइन अवधि सकिएपछि फेरि कोरोना परिक्षण गरेर खेलाडीलाई अभ्यासमा राख्ने योजना छ। नेपाली फुटबल टिमको तत्काल कुनै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता छैन। विश्वकप छनोटअन्तर्गत दोस्रो चरण र एएफसी कप छनोटको संयुक्त खेलबाहेक त्यो भन्दा अगाडि तत्कालको लागि नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता छैन।

यही विश्वकप छनोटअन्तर्गत दोस्रो चरण र एएफसी कप छनोटका तीन घरेलु मैदानमा हुने खेललाई मध्यनजर गर्दै तयारी गरिनु पर्ने प्रशिक्षक महर्जनको निचोड छ। यो प्रतियोगिताअन्तर्गत नेपालले अब २०२१ को मार्च महिनामा चाइनिज ताइपेई र अस्ट्रेलियासँग खेल्नेछ भने जुन महिनामा जोर्डनसँग घरेलु मैदानमा खेल्नेछ।

यही प्रतियोगिताको लागि तयारीस्वरुप बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो। एन्फा अध्यक्ष शेर्पा बंगलादेशविरुद्धको खेलबाट धेरै कुरा सिकेको बताउँछन्। ‘बंगलादेशसँगको खेलले फुटबलको माहोललाई पुनः फर्काउने काम गरेको छ। हेल्थ प्रोटोकल र अहिलेको नयाँ वातावरणमा के कस्ता चुनौती हुन्छ भन्ने कुराहरु थाहा पाएका छौँ’, उनी थप्छन्, ‘हामीले बंगलादेशसँग खेल्ना साथ सरकारले खेलकुद गतिविधि सञ्चालन गर्ने निर्णय गरेको अवस्था छ। अर्को कुरा थोरै समयमा पनि हाम्रा खेलाडीले राम्रो प्रदर्शन गरेका छन्। त्यो सह्रानीय छ।’

अहिले खेलाडीको मुख्य समस्या भनेकै फिटनेसमा हो। नेपाली टिमका अनुभवि मिडफिल्डर रोहित चन्द पनि यसकै शिकार बने। केही दिनेको अभ्यासपछि उनी चोटग्रस्त हुँदा बंगलादेश प्रस्थान गर्न सकेनन्। उनको अभावमा पनि नेपाली टिमको मिडफिल्ड राम्रो हुन सकेन। बंगलादेशविरुद्धको दुई खेलमा अधिकांश खेलाडीहरुमा पनि फिटनेसकै समस्या देखिन्थ्यो। यो कुरामा प्रशिक्षक महर्जन पनि सहमत छन्।

अबका दिनमा राष्ट्रिय टिमलाई पहिलेकै अवस्थामा फर्काउन एन्फालाई निकै ठूलो चुनौती छ। खेलाडीहरुले पुरानै लय समात्न सकिरहेका छैनन्। खेलाडीले सुधार गर्नु पर्ने पक्ष धेरै छन्। त्यसका लागि उपयुक्त योजना र तयारीको खाँचो छ। गएको वर्ष मंसिर अन्तिमबाट सुरु भएको लिग फुटबल अहिले त्यही समयमा हुने देखिँदैन। त्यसले पनि समस्या थप्ने नै छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्