• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अब नेपाली फुटबल कता? 

64x64
सराेज तामाङ मंगलबार, मंसिर ९, २०७७  १२:०७
1140x725

काठमाडौं- खेलकुद गतिविधि ठप्प हुँदा निराश देखिएका फुटबलर आठ महिनापछि मैदान फर्किए। तर मैदान फर्किएको खुसी खेल नतिजाका कारण टिकिरहन सकेन। बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलमा नेपालले एक खेल हार्यो, दोस्रो खेल बराबरीमा सकियो। त्यसले नेपाली फुटबलले के सिक्न पायो त? 

खेल्न नपाएर यत्तिकै बस्दाको समस्याले धेरै खेलाडीको विरोधपछि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भयो। एकातिर कोरोनाको डर अर्कोतर्फ लामो समयपछि मैदानमा फर्किन पाउने उत्साह। बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नुभन्दा अघि फरवार्ड नवयुग श्रेष्ठले चिन्ता ब्यक्त गर्दै भनेका थिए, ‘पहिलेको जस्तो स्टामिना छैन। पुरानै लयमा फर्किन समय लाग्छ।’

२०१८ को साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामै २-० गोलअन्तरले पराजित गरेको थियो। नवयुगले भने जस्तै बंगलादेशविरुद्धको खेलमा खेलाडीमा पहिलेको जस्तो स्टामिना देखिएन। दोस्रो खेलमा गोलरहित बराबरीको भन्दा पहिलो खेलमा २-० गोलको हार बिर्सनलायक रह्यो।

नवयुग भन्छन्, ‘हामीलाई मानसिक रुपमा दबाब भयो। हामीले पटक पटक कोरोना परिक्षण गर्नु परिरहेको थियो। बंगलादेश पुगेपछि पनि एक जना खेलाडीमा कोरोना पोजेटिभ भयो, त्यसपछि झनै डर फैलियो। यसले पनि केही असर गर्यो।’

हुन त काठमाडौंमा करिब एक साता अभ्यास गर्दा सिनियर खेलाडीलाई कोरोना लागेपछि आठ नयाँ अनुहारसहित नेपाली टिम ढाका पुगेको थियो। कोरोनाले थिलोथिलो परेको नेपाली फुटबल टिममा ६ नयाँ अनुहारले मौका पाए। 

बंगलादेशविरुद्ध पहिलो खेलमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले डेब्यु गरेका थिए भने दोस्रो खेलमा छिरिङ गुरुङ, सेसेहाङ आङ्देम्बे र पुजन उपरकोटीले डेब्यु गरे। अनुभवि पुराना खेलाडी र नयाँ अनुहारको समिश्रणमा नेपालले सोचे जस्तो नतिजा निकाल्न नसके पनि केही नयाँ खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। मुख्य प्रशिक्षक बालगोपाल महर्जन पनि नयाँ खेलाडीको प्रदर्शनमा सन्तुष्ट नै छन्। तर समग्रमा नतिजाको हिसाबले उनी सन्तुष्ट छैनन्। भन्छन्, ‘तयारी छोटो थियो। नतिजाबाट सन्तुष्ट हुने अवस्था त छैन। कि जित कि बराबरी भनेर गएको एक खेलमा हार्न पुग्यौं।’

अभ्यास गर्नुअघि आफूले दिएको अभिब्यक्ति सहि सावित भएको नवयुगको ठहर छ। ‘खेलिरहँदा खेलाडीमा हुने स्तर र नखेली बस्दा खेलाडीमा पर्ने भद्दापन अलग्गै छुटिने’, नवयुगले भने, ‘हामीले थोरै समयमा अभ्यास त गर्यौं। धेरै गाह्रो नभए पनि समस्या चाहिँ हुँदो रहेछ। पहिलेको जस्तो खेल्न नसकिएको चाहिँ हो।’

Ncell 2
Ncell 2

अब के छ योजना?
जति हारमा पाठ सिकिन्छ। त्यो जितमा पाइँदैन। करिब दुई वर्षअघि पराजित गरेको बंगलादेशसँग अहिले हार्दा नेपाली टिमले राम्रै पाठ सिकेको हुनुपर्छ। कोरोनाको महामारी बंगलादेशले नभोगेको होइन। समस्याहरु बंगलादेश टिमसँग नभएको होइन तर नतिजा बंगलादेशको पोल्टामा गयो। त्यसमा टिमले कत्तिको समीक्षा गरेको छ? एन्फाले के योजना बनाउँदै छ? त्यो देखिने नै छ। 

करिब एक वर्षपछि नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो। यो निकै लामो अवधि हो। त्यसकारण पनि खेलाडीमा प्रदर्शन खस्किनु स्वभाविक हो। तर अबको यात्रा नेपाली टिमको कस्तो हुन्छ? यसले महत्वपूर्ण अर्थ राख्छ।

राष्ट्रिय टिमको आगामी योजना र तयारी बारे एन्फाले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन। तर केही दिनमै कार्यसमितिको बैठक बसेर सुरक्षाका उपायाहरु अपनाउँदै तयारी थाल्ने अध्यक्ष कर्माछिरिङ शेर्पा बताउँछन्। उनले भने, ‘केही दिनमै कार्यसमितिको बैठक हुन्छ। टेक्निकल कमिटी र टेक्निकल विभागले योजनाहरु बनाइरहेको छ। कार्यसमितिको बैठकपछि मात्रै थाहा हुन्छ।’

अहिले नेपाली टिम एन्फा एकेडेमीमा क्वारेन्टाइनमा छ। एन्फाको क्वारेन्टाइन अवधि सकिएपछि फेरि कोरोना परिक्षण गरेर खेलाडीलाई अभ्यासमा राख्ने योजना छ। नेपाली फुटबल टिमको तत्काल कुनै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता छैन। विश्वकप छनोटअन्तर्गत दोस्रो चरण र एएफसी कप छनोटको संयुक्त खेलबाहेक त्यो भन्दा अगाडि तत्कालको लागि नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता छैन।

यही विश्वकप छनोटअन्तर्गत दोस्रो चरण र एएफसी कप छनोटका तीन घरेलु मैदानमा हुने खेललाई मध्यनजर गर्दै तयारी गरिनु पर्ने प्रशिक्षक महर्जनको निचोड छ। यो प्रतियोगिताअन्तर्गत नेपालले अब २०२१ को मार्च महिनामा चाइनिज ताइपेई र अस्ट्रेलियासँग खेल्नेछ भने जुन महिनामा जोर्डनसँग घरेलु मैदानमा खेल्नेछ।

यही प्रतियोगिताको लागि तयारीस्वरुप बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो। एन्फा अध्यक्ष शेर्पा बंगलादेशविरुद्धको खेलबाट धेरै कुरा सिकेको बताउँछन्। ‘बंगलादेशसँगको खेलले फुटबलको माहोललाई पुनः फर्काउने काम गरेको छ। हेल्थ प्रोटोकल र अहिलेको नयाँ वातावरणमा के कस्ता चुनौती हुन्छ भन्ने कुराहरु थाहा पाएका छौँ’, उनी थप्छन्, ‘हामीले बंगलादेशसँग खेल्ना साथ सरकारले खेलकुद गतिविधि सञ्चालन गर्ने निर्णय गरेको अवस्था छ। अर्को कुरा थोरै समयमा पनि हाम्रा खेलाडीले राम्रो प्रदर्शन गरेका छन्। त्यो सह्रानीय छ।’

अहिले खेलाडीको मुख्य समस्या भनेकै फिटनेसमा हो। नेपाली टिमका अनुभवि मिडफिल्डर रोहित चन्द पनि यसकै शिकार बने। केही दिनेको अभ्यासपछि उनी चोटग्रस्त हुँदा बंगलादेश प्रस्थान गर्न सकेनन्। उनको अभावमा पनि नेपाली टिमको मिडफिल्ड राम्रो हुन सकेन। बंगलादेशविरुद्धको दुई खेलमा अधिकांश खेलाडीहरुमा पनि फिटनेसकै समस्या देखिन्थ्यो। यो कुरामा प्रशिक्षक महर्जन पनि सहमत छन्।

अबका दिनमा राष्ट्रिय टिमलाई पहिलेकै अवस्थामा फर्काउन एन्फालाई निकै ठूलो चुनौती छ। खेलाडीहरुले पुरानै लय समात्न सकिरहेका छैनन्। खेलाडीले सुधार गर्नु पर्ने पक्ष धेरै छन्। त्यसका लागि उपयुक्त योजना र तयारीको खाँचो छ। गएको वर्ष मंसिर अन्तिमबाट सुरु भएको लिग फुटबल अहिले त्यही समयमा हुने देखिँदैन। त्यसले पनि समस्या थप्ने नै छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित) शुक्रबार, माघ ९, २०८२
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्