काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ।
राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा नेतृत्वको टोलीले रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै महानगरमा ज्ञापनपत्र बुझाएको हो।
श्री ५ महेन्द्रको जीवनसंगिनी एवं तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता रत्नको ईतिहास मेटाउने काठमाडौं महानगरको कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ।
राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको राप्रपाले उल्लेख गरेको छ। शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनु पर्ने राप्रपाको माग छ। ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।