• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राहुघाट जलविद्युतकाे बाँध सिधा सडक सञ्जालमा जोडियो

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ९, २०७७  ०६:४९
1140x725

म्याग्दी–म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण भएको छ । वडा नं ४ दग्नामको बुग्ल र वडा नं ५ को झिँ जोड्ने गरी रघुगङ्गा नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो । राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ४० मिटर लामो र ३.५ मिटर चौडाइ भएको पुल निर्माण गरेको हो 

ट्रस प्रविधिको सो पुलले ४० टन भार वहन गर्न सक्ने क्षमता रहेको जेपी एसोसियट्सका इन्जिनीयर जितेन्द्र सिंहले जानकारी दिए। उनका अनुसार राहुघाट नदीको दायाँ र बायाँ पक्की पर्खाल उठाएर स्थायी प्रकृतिको पुल बनाउन रु दुई करोड ५० लाख खर्च भएको छ ।  

पुल निर्माण भएसँगै राहुघाट जलविद्युत् आयोजनाको बाँध सिधा सडक सञ्जालमा जोडिएको छ । यसअघि नदीमा पुल नहुँदा बाँध निर्माणका लागि आवश्यक पर्ने उपकरण र सामग्री ढुवानी हुन सकेको थिएन । राहुघाट जलविद्युत् आयोजनाका उपप्रबन्धक कृष्ण बस्नेतले दुई वर्षअघि सुरु भएको मोटरेबल पुल निर्माणको काम सोमबार सकिएसँगै आयोजनाको बाँध निर्माण स्थलसम्म सवारी साधन पुग्न थालेको बताए। 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको राहुघाट जलविद्युतको रघुगङ्गा–३ तिल्केनीस्थित विद्युत्गृहदेखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म १० किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ। सडक निर्माण भए पनि पुल नभएका कारण बाँधसम्म यातायातको पहुँच थिएन । पुल निर्माणले जलविद्युत्को बाँधस्थलसँगै रघुगङ्गा गाउँपालिकाको वडा नं ५ को झिँ र वडा नं ६ को पाखपानीका बस्ती गाउँपालिकाको केन्द्र मौवाफाँटसँग सिधा सडक सञ्जालमा जोडिएका छन्। 

मौवाफाँट हुँदै बुग्लसम्म पुगेको सडकको ट्र्याक राहुघाट जलविद्युत् आयोजनाकै सहयोगमा झिँसम्म विस्तार भइसकेको छ । बुग्लदेखि झिँ जोड्ने सडकको ट्र्याक निर्माण भइसकेकाले गाउँपालिकाले सडकलाई मर्मत र स्तरोन्नति गरी झिँदेखि मौवाफाँटतर्फ नियमित सवारी साधन सञ्चालन गर्ने तयारीमा जुटेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

मोटरेबल पुल बनेसँगै झिँ र पाखापानीका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँट आवत जावतका लागि बेनी हुँदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएको छ । झिँ–मौवाफाँट यातायात सञ्चालन भएपछि दुई घण्टाको यात्रा अवधि एक घण्टामा छोटिने झिँका स्थानीय युवा मीनबहादुर रोकाले बताए। 

तीन वर्षअघि ठेक्का सम्झौता भएको राहुघाट जलविद्युत् आयोजनाको एक चौथाइभन्दा बढी निर्माण सकिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको तीन वटा अडिट (सुरुङसम्म पुग्ने पहुँचमार्ग) लकडाउन र बाढीपहिरोको असहज अवस्थामै सकिएको छ। 

रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले महामारी, प्राकृतिक विपद् र चाडपर्वको समयमा पनि आयोजनाको काम नरोकिएको बताए। उनका अनुसार सिभिलतर्फ १८ र इलेक्ट्रोमेकानिकल तर्फ १० प्रतिशत भौतिक प्रगति भएको छ । पिप्ले, अँधेरीखोला र तिल्लेकीको अडिटबाट ५०० मिटर मुख्य सुरुङ खनिएको छ । पिप्लेमा ५८ मिटर गहिरो सर्च साफ्ट खन्नुपर्नेमा ३५ मिटर गहिरो खनिसकिएको छ । 

बाँध रहने ठाउँमा बन्ने अडिट १ को पोर्टल (सुरुङ खन्ने ठाउँ) तयार बनाएको छ । बर्खामा बुग्लमा खस्ने पहिरो पन्छाएर मर्मत गर्दै बाँधतर्फ ढुवानी र आवतजावतलाई निरन्तरता दिइएको थियो । सिभिल ठेकेदारका ५०० मजदूर र कर्मचारीले राहुघाटमा काम गरिरहेका छन् । २०७४ मङ्सिर ५ गते छ अर्बमा सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जयप्रकाश एशोसियट्स (जेपी) ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । 

यो आयोजनाको सुरुङ, पहुँचमार्ग, विद्युत्गृह र बाँध निर्माणस्थल रघुगङ्गा गाउँपालिकामा पर्दछ । भारतीय एक्जिम बैङ्कको सहुलियत ब्याजदरसहित चार करोड ४० लाख अमेरिकी डलर ऋणमा राहुघाट निर्माण हुन लागेको हो । पैँतालीस महिनाको ठेक्का अवधि भएको आयोजनाको ३६ महिना पूरा भएको छ । आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ । घुमाउने तालदेखि दग्नाम र झिँको सिमानामा बन्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग बनाइएको छ । 

एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले पनि प्रारम्भिक चरणको काम गरिरहेको छ । कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (इपीसी)  प्रारूपमा राहुघाट बनाउन लागिएको हो । 

 २०७३ मा स्थापना भएको रघुगङ्गा हाइड्रो लिमिटेड विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । गत फागुनमा पिप्लेमा आवास र प्रशासनिक प्रयोजनका लागि १० वटा भवन निर्माण सकिएको थियो ।  अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।
 
२०७२ मा पुरानो ठेक्का तोडेपछि रोकिएको राहुघाटको सुरुङ खन्ने काम चार वर्षपछि २०७६ असार ७ गतेबाट सुरु भएको थियो । राहुघाट जलविद्युत् आयोजनामा उत्पादन हुने विद्युत् नजिकै निर्माण हुन लागेको राहुघाट सब स्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा जोड्ने योजना छ।रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  ०६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो
सम्बन्धित सामग्री
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या दाँतमा समस्या भएपछि उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् । बिहीबार, जेठ २८, २०८३
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार केही प्रमुख सडक खण्डहरू पूर्ण रूपमा बन्द रहेका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चाल... बिहीबार, जेठ २८, २०८३
सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । बुधबार, जेठ २७, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग शुक्रबार, जेठ २९, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
बाढी र पहिरोका कारण प्रभावित छन् यी राजमार्ग शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
संसदमा उठ्यो 'केपी ओलीलाई रास्वपाको सदस्यता' दिइएको विषय बिहीबार, जेठ २८, २०८३
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’ बिहीबार, जेठ २८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्